पश्चिम नवलपरासीमा सात लाख रूपैया बराबरको अबैध युरिया मल पक्राउ

पप्पु रेग्मी , ८१८  पटक हेरिएको

बर्दघाट, जेठ १८

पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नम्बर १३ पाडाटिकर बाट सशस्त्र प्रहरीले अबैध युरिया मल नियन्त्रणमा लिएको जनाएको छ । रामग्राम नगरपालिका वडा नम्बर १३ पाडाटिकरमा लु २ च १०३२ नम्बरको पिकअपमा लोड गरी राखेको अवस्थामा रहेको र चेकजाँचको क्रममा बिल बिजक नरहेको भेटे पछि प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार पिकअपमा रहेको ३२ बोरा युरिया मल सशस्त्र प्रहरी र नेपाल प्रहरी सहितको संयुक्त गस्ती टोलीले नियन्त्रणमा लिएको हो ।

उक्त मलको बिल बिजक नभेटिएपछि नियन्त्रणमा रहेको युरीयामल र पिकअप गाडी सहित आवश्यक राजश्व चुहावट नियन्त्रण कार्यालय बुटवल पठाईएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २६ गण नवलपरासीको सूचना अधिकारी माधव रेग्मीले बताउनु भएको छ । नियन्त्रणमा लिएको सामानको बजार मुल्य अन्दाजी मुल्य सात लाख रुपैयाँ रहेको बताइएको छ ।

प्रकाशित मिति: २०२२-०६-०१ , समय : १८:५४:३१ , २ वर्ष अगाडि