नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर नौ बालमैत्री वडा घोषणा हुने

प्रकाश न्यौपाने , २६९  पटक हेरिएको

नवलपरासी, असार २८

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाको वडा नम्बर नौ असार २९ गते शुक्रबार बालमैत्री घोषणा हुने भएको छ । बालबालिकामा लगानी ल्याउछ सुनौलो बिहानी भन्ने नारा सहित सुरु भएको बालमैत्री अभियान बर्दघाट नगरपालिका वडा न ९ ले विभिन्न चरणहरु पुरा गरेको वडा अध्यक्ष चन्द्रकान्त चापागाईंले बताउनु भयो । उहा भन्नुहुन्छ हामीले पाच र ६ बर्षसम्मको अथक प्रयास पछि बाल मैत्रीका सुचकहरु पुरा गरेका छौ ।

वडाले बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका( २०७८ र बाल मैत्री स्थानीय शासन घोषणा कार्यबिधि २०७९ अनुसारका ५१ वटा सुचकहरु पुरा गरेको छ ।

स्वास्थ्य चौकी ,वार्ड , बिद्यालय र समुदायमा नगर तथा जिल्लाले अनुगमन कार्य सम्पन्न गरेकोे बालमैत्री फोकल पर्सन बाबुराम तिमिल्सिनाले बताउनु भयो । तिमिल्सिनाका अनुसार वडाले पुरा गर्नु पर्ने सम्पुर्ण सुचकहरु पूरा भएका छन । औपचारिक कार्यक्रमबाट घोषणा गर्न बाकी छ । असार २९ गते शुक्रबार गर्छाै ।वडाले शुक्रबार लुम्बिनी प्रदेश सभा सदस्य बिश्वप्रेम पाठकको प्रमुख आतिथ्यतामा दुर्गा मन्दिरको सभाहलमा घोषणा सभा गर्ने भएको छ ।

प्रकाशित मिति: २०२३-०७-१३ , समय : २१:२४:१६ , १ वर्ष अगाडि