रुपन्देही खबर , २३९ पटक हेरिएको
काठमाडौं, असार २७
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । दाहालको बुधबार बिहान ८ बजेर ३३ मिनेटमा नर्भिक अस्पतालमा निधन भएको हो । स्वास्थ्य अवस्था गम्भीर भएपछि उहालाई आज बिहान अस्पताल लगिएको थियो । सीता दाहाल लामो समयदेखि अर्धचेत अवस्थामा हुनुहुन्थ्यो ।
नेपालसहित विदेशका विभिन्न अस्पतालमा उपचार गराउँदा समेत उहाको स्वास्थ्यमा सुधार हुन सकेको थिएन । उहा पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोगबाट पीडित हुनुहुन्थ्यो ।
प्रकाशित मिति: २०२३-०७-१२ , समय : १०:१९:४८ , २ वर्ष अगाडि