तिलोत्तमा नगरपालिका “तिलोत्तमा जीवन्त पार्क” मा रुपान्तरण हुदै

पार्वती थारु , ४२९  पटक हेरिएको

भैरहवा, असार १७

“मानसिक तनाव मुक्त हुन पार्कमा जान्छु , किन भने त्यहा गए भने हरियाली वातावरणमा रमाउन पाउछु र मन हल्का हुन्छ” । सामान्य खेती किसानी गर्दै जीविकोपार्जन गर्दै आउनु भएका महेन्द्र मौर्य प्रायजसो पार्कमा पुग्नुहुन्छ । तिलोत्तमा नगरपालिका वडा नं १४ टिकुली गढमा बस्नु भएका मौर्यले आफु मात्रै होइन परिवार बालबच्चालाई लिएर पनि जाने , रमाइलो गर्ने घुम्ने गर्नुहुन्छ । उहाले तिलोत्तमा नगरपालिकामा निर्माण भएका कुन्ज पार्क, बनवाटिका, चिल्हिया पार्क , जामुहानी पार्कमा जाने गरेको बताउनु भयो । नजिकै भएकाले घुम्न जान पनि सजिलो , कम खर्च लाग्ने घरमै बनाएर खाना खाजा लैजान मिल्ने र रमणीय वातावरणमा रमाउन पाउदा बेला बेलामा जाने गर्नुहुन्छ मौर्य । उहाले भन्नहुन्छ “पार्कमा रहेका खेल सामग्री, वाटर पार्कमा बच्चाहरुसगै रमाउन पाइन्छ । अनि त्यहाँ राखिएको पुराना चीज, बस्तु ,देख्न अवलोकन गर्न पाइन्छ , त्यसको बारेमा जानकारी लिन पाइन्छ यसको ज्ञान प्राप्त हुन्छ । संस्कृति र पहिचान झल्किने खालका सामान , लोप हुन लागेका बस्तु , पशुपन्छी देख्न पाइन्छ भने संरक्षण गर्नु पर्छ मास्नु हुदैन भन्ने भावनाको पनि विकास गराउछ” । अनि “वोटविरुवा लागाउनु पर्छ भन्ने कुराको जानकारी पाउने गरेको छु , यसकारण म खाली समयमा पनि कहिले कुन्ज पार्क , कहिले वनबाटिका जाने गरेका छु” । पार्कमा जादा मनको वोझ हलका भएको महसुस हुन्छ तनाव मुक्त भएको महसुश गर्छु । पार्क नभए त कहाँ जाने के गर्नै टाढा जान नसकिने अवस्था छ । नजिकै आफनै नगरपालिका भित्र रहेको पार्कले ज्ञान पनि दिएको छ र मनोरन्जन पनि उत्तिकै दिएको छ ।
यस्तै बुटवल मिलनचोकबाट श्रेय केसी गेट टुगगेदर गर्दे पिकनिक गर्नका लागी कुन्ज पार्क आएको बताउनु भयो । उहाले पहिलाको भन्दा आहिले निकै आर्कर्षित रमणीय पार्क भएको बताउनु भयो । “एक्लै भएको वेलामा पनि साथी परिवार सगै यस कुन्ज पार्कमा आउने गरेको छु” उहाले बताउनु भयो । फोहोर व्यवस्थापन , खानाको व्यवस्थापन भयो भने यहाको व्यापार व्यवसायमा सुधार हुने कि थियो भन्ने विचार राख्नु भयो । रुपन्देही तिलोत्तमा नगरपालिका वडा नं ६ मा रहेको कुन्ज पार्क अत्यन्तै आकर्षक बन्दै गएको छ । कुन्ज पार्कमा आउने हरेक पाहुनालाई सरसफाई गर्नुपर्छ , वातावरणलाई सुरक्षित राख्न हरियाली प्रवर्धन गर्ने आफ्नो जन्म दिनको अवसरमा एक वडा विरुवा वा फुल रोप्ने लगायतका कार्यहरु गर्दै आएको छ । पहिलाको तुलनामा आज कुन्ज पार्क आकर्षक तथा सुन्दर र हरियाली पार्कको रुपमा स्थापित भइसकेको छ । “अझ यसलाई सबै नगरवासीमा रमाइलो , शान्त वातावरण रहेकोले सबैको रोजाइ बन्न सफल भएको कुन्ज र्पाक लाई सुन्दर सफा बनाउदै गुणस्तरीय बनाउदै लैजानका लागी हरेक दिन खटिनु भएका कर्मचारी राजु वि क बताउनु हुन्छ ”। कुन्ज पार्कका अध्यक्ष लोक पुनले क्लीन एण्ड ग्रीन बनाउनका लागी स्थानीयको सहकार्यमा झरना स्र्पाेट क्लबद्धारा सन्चालित कुन्ज पार्कमा अहिले स्थानीय पाहुनाहरुको भीड धेरै हुने गरेको छ । कुन्ज पार्क लाई विशेष आफ्नो जन्म दिनको अवसरमा एउटा फुल वा विरुवा रोप्ने गरेको पनि पार्कका अध्यक्ष पुन बताउनु हुन्छ । यसले विरुवा रोप्ने र त्यसलाई जोगउनु पनि पर्छ है भन्ने भावनाको विकास गराउनका लागी सवै वर्गमा सकारात्मक सन्देश प्रवाह भएको बताउनुभयो । “ पार्कको पोखरीको भित्र वाल बनाउन ४० लाख, बजेट आएको थियो । नगरपालिकाले दिएको बजेट र स्थानीयको सहकार्यमा क्लबले सहकार्य गरेर विभिन्न कार्यहरु गरेका छौ । अब आशावादी छौ तिलोत्तमा नगरपालिकाबाट , प्रदेश स्तरबाट ,संघीय स्तरबाट कुन्ज पार्कलाई रात्रीकालीन उद्यानका लागी वजेट पर्छ कि ” । यस्तै माणिग्रम वडा ५ का युवा पदम सुनारले मनोरन्जन प्राप्त हुने , प्रकृतिसगँ रमाउन पाइने , आन्तरिक पर्यटक भित्रयाउन सकिने , होटल व्यवसायहरु सन्चालन गरेर मनग्य आम्दानी गर्न सकिने ,उक्त स्थानीय तहको पहिचान झल्काउने सकिने ,सुक्ष्म रुपमा भएपनि देशको आर्थिक विकासमा सहयोग पुर्याउने बताउनु हुन्छ ।

तिलोत्तमा ५ माणिग्रमका स्थानीय अस्मिता सुनारले तिलोत्तमा नगरपालिकामा निमार्ण भएका पार्कले रोजगारीको सिर्जना गरेको छ , जिल्ला बाहिरबाट पनि पर्यटक आउने गरेको बताउनु भयो । “एउटा अटोरिक्सा देखि लिएर त्यहीको स्थानीय वासिन्दाले रोजगारीको अवसर पाएको, बताउनुहुन्छ । तर पार्क सन्चालन गरेर मात्रै हुदैन पार्कलाई सुन्दर, सफा, हरियाली, बालमैत्री , सुरक्षित पनि बनाउनु सकियो भने अझै राम्रो हुन्थ्यो कि भन्ने विचार राख्नुहुन्छ । स्थानीय अस्मिता सुनार । यस्तै वडा नं. ५ मा हरियाली टोलमा पार्क निमार्णका लागी पहिलो दोस्रो , तेस्रो र चौथो चौमासिक गरेर २ लाख ५० हजार गरेर जम्मा १ १ करोडको वजेट विनियोजन गरेको छ । यसको लागी नगर स्तरबाट यस्तै तिलोत्तमा प्रादेशिक बस पार्क निर्माणका लागी नगरस्तरबाट १ करोड ५० लाख बजेट ल्याएको थियो । वडा ं १६ मा चिल्ड्ेन पार्क निर्माणका लागी २० लाख रकम छुट्याएको छ । रुपन्देही तिलोत्तमा नगरपालिकामा ११ वटा पार्क रहेका छन् । जसमा वडा नं १ र २ मा पर्ने शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्र÷ वनवाटिका पार्क रहेको छ । यस्तै वडा नं ३ मा सिमानगर पार्क, वडा नं ४ मा मिलन पार्क , वडा नं ५ मा हरियाली पार्क रहेको छ । यस्तै वडा नं ६ मा हरियाली पार्क, तिलोत्तमा सामुदायिक पार्क र कुञ्जला पार्क सन्चलित भइरहेको छ ।
यस्तै वडा नं ७ मा हरैया पार्क र तिलोत्तमा खेलमैदान तथा पार्क , वडा नं ८ मा संगम पार्क र करहिया वोटानिकल गार्डेनरहेको छ । यस्तै वडा न९ मा जेष्ठ नागरिक मिलन तथा सम्झना बाल उद्यान पार्क , वडा नं १० मा ग्रीन पार्क र कोटहीमाई पार्क, वडा नं ११ मा कालिका सामुदायिक वन क्षेत्र भित्र रहको पार्क रहेका छन् । यसैगरी तिलोत्तमा नगरपालिकाको वडा नं. १४ मा वाउन्नकोटी सामुदायिक वन क्षेत्र भित्र रहेका पार्क र वडा नं १६ मा जमुहानी पार्क रहेको छ भने वडा नं १२ , १३ र १५ मा कुनै पनि पार्क देखिदैन । आउने दिनमा सबैको रोजाइको रुपमा तिलोत्तमा नगरपालिका परोस् भनेर कार्य गरिरहेको तिलौत्तमा नगरपालिकाका मेयर रामकृष्णा खाडँले बताउनुहुन्नछ । वाह्य तथा आन्तिरिक पर्यटन प्रवद्र्धन गर्ने , स्थानीयका साथै विपन्न वर्गले रोजगार पाउने गरेकाले धेरै फाइदा भएको छ । पार्कलाई प्रदेश र केन्द्रबाट सहयोग, नगरपालिका, क्लबले स्थापना भउका छन् आवश्यकता अनुसार पार्कमा नगर पालिकाले आर्थिक सहयोग गरेको तिलोत्तमा नगरपालिका हरियाली प्रवद्र्धन अधिकृत गोरखनाथ खनालले बताउनु भयो । शंकरनगर वनबाटिका तथा ल्याण्ड स्कापिङग (ठेक्का) का लागी नगर स्तरबाट आर्थिक वर्ष २०७९÷८० को अनुमान रकम मा रु. तीस करोड रुपैया तिलोत्तमा नगरपालिकाको नगर विकास योजनामा उल्लेख गरिएको छ । शंकरनगर भ्यु टावर निर्माणका १ करोड ५० लाख रकम छुट्एको थियो । वनवाटिका र तिलोत्तमा नगरपालिकाको संयुक्त पहलमा करिव १२ करोडको लगातमा उक्त भ्यु टावर निर्माण भएको वनवाटिका अध्यक्ष शार्माले बताउनु भयो । ५१.३४ हेक्टर क्षेत्रफमा फैलिएको छ । २०६२ सालमा स्थापना धएर २०६५ सालमा जिल्ला प्रशासन कार्यलय रुपन्देहीमा दर्ता भएर अहिले सम्म सन्चालनमा रहेको छ । चिल्डेन र्पाक , चिडियाखाना, जुरासिक पार्क , लखन थापा पार्क थारु संग्रहलय लगायतका पार्कहरु रहेको छन् । लुम्बिनी प्रदेश स्तरकै पर्यटीय स्थाल बनाउने योजना रहेको रुपन्देहीको तिलोत्तमामा रहेको शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्रका अध्यक्ष वेलप्रसाद शर्मा बताउनुभयो । शंकरनगर सामुदायिक वन उपभोक्क्ता समुहबाट सम्बन्धन प्राप्त गरी जग्गा उपबल्ध गराएको छ । पर्यटन , वातावरण संरक्षण , मानव स्वास्थ्इ र सौन्दर्यताका लागी पार्कहरुको ठुलो महत्व भए पनि राज्यले कानुनी रुपमा कुनै सम्बोधन नगरेको गुनासो गर्दै स्थानीय सरकारका साथै संघीय र प्रदेश सरकारको पनि सहयोगको आपेक्षा भएको केन्द्रका अध्यक्ष शर्माको भनाई छ ।
अतः तिलोत्तमा नगरमा निमार्ण भएका पार्कले जिवन जिउनका लागी आफ्नै ठाउँमा पनि केह ीगर्न सकिने भन्ने सन्देह दिएको छ । यस्तै पार्क निर्माले रोजगारी , व्यापार व्यवसाय गरेका लाई थस सहयोग पुर्याएको देखिन्छ । यस्तै याको प्राकृतकि सुन्दरता नै हाम्रो अमुल्य सम्पत्ति हो यसको संरक्षण गरेमा हामी नै अर्थात नगर वासी नै धनै हुने भावनाको विसमा सहयोग गरेको छ । तिलोत्तमा नगरपालिकामा निर्माण गरिएको पार्कले रमाइलो मनोरन्जन मात्रै होइन हरियाली प्रवद्धनमा समेत र्मुत अर्मुत दुबै रुपमा प्रभाव पारेको देखिन्छ । नजिकै निर्माभएको टाढा जान नपर्ने भएको छ भने थोरै पैसामा पनि नयाँ जानकारी लिन, पुराना पहिचानका वस्तुको अवलोकन गरी ज्ञान प्राप्त गर्न , युवा , विद्यार्थीका साथै सबैका लागी अति रमाइलो र आकर्षक ठाउँ नै तिलोत्तमा नगरपालिमा निमार्ण भएका पार्कले सहयोग गरेको छ ।
यसकारण तिलोत्तमा नगरपालिकाले सन्चालन गर्दै आइरहेका ेहरियाली प्रवद्र्धन तथा नगर सफाइ अभियानलाई थप विस्तार तथा व्यवस्थित लैजाने र वृक्षरोपण गर्दै वृक्ष्रोपण गर्नै संस्कारको विकास गराउन आवश्यक छ र वृक्षरोपण भएका विरुवाको संरक्ष्ण गर्न पनि उत्तिकै आवश्यक छ । जन्मदिनमा वृक्षरोपण गर्नै नीतिलाई निरन्तरता दिदै “तिलोत्तमा जीवन्त पार्क” स्थापना गर्नका लागी सबैको हालेमालो आवश्यक छ ।

प्रकाशित मिति: २०२३-०७-०२ , समय : १३:०३:४३ , १ वर्ष अगाडि