उर्मिला यादव यात्री , ६६६ पटक हेरिएको
भैरहवा, असार १६
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ ले आज एक कार्यक्रमका बिच जेष्ठ नागरिक , एकलमहिला तथा अपांग ब्यक्तित्वहरुलाई सम्मान गरेको छ । सिनपा वडा नम्बर ५ का वडाअध्यक्ष पुरन प्रसाद श्रेष्ठको अध्यक्षता तथा सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख इस्तियाक अहमद खानको प्रमुख आतिथ्यतामा सिनपा वडा नम्बर ५ भित्रका एक सय जना बढी जेष्ठ नागरिक, एकलमहिला तथा अपांग ब्यक्तित्वहरुलाई हर्लिक्स, बिस्कुट तथा प्रमाण पत्र सहित सम्मान गरीएको हो ।
कार्यक्रमको उदघाटन गर्दै नगर प्रमुख खानले सिद्धार्थनगर नगरपालिकाको वडा नम्बर ५ ले समाज र जनताको लागी सक्रिय भएर काम गर्दै आएको बताउनु भएको छ । उहाले जेष्ठनागरीक हाम्रो समाजको गहना भएकोले उहाहरुको सम्मान नगरले गर्दै आएको उल्लेख गर्नु भयो । उहाले पछिल्लो समय सिद्धार्थनगरमा चोरीका घटनाहरुको बढीरहेकोले यसको नियन्त्रणका लागी आर्थिक बर्ष २०८० र ८१ को बजेटमा सिसिटिभी जडानका लागी २० लाख भन्दा बढी रुपैया बजेट बिनियोजन गरेको बताउनु भएको छ ।
उहाले नगरको हरेक वडा र मुख्य मुख्य ठाउमा सिसीटिभी जडान गरिने बताउदै वडा नम्बर ५ मा धेरै बजेट बिनियोजन गरेको बताउनु भयो । उहाले वडा नम्बर ५ को छतको लागी ३० लाख रुपैया बजेट बिनियोजन गरीएको जानकारी दिनु भयो । नगर प्रमुख खानले सिनपामा २७ किलोमिटर रोडको बिकास , डण्डा कोरिडोरको लागी अरबौको योजना आएको बताउनु भएको छ । उहाले सिद्धार्थनगरमा धेरै बिकास भैसकेको बताउदै अवको केहि दिनमै १२ हजार बिरुवा रोप्ने योजना बनाइसकेको र यसको लागी ६० लाख रुपैया बजेट बिनियोजन गरेको जानकारी दिनु भएको छ ।
यस्तै गरी कार्यक्रममा नगर उपप्रमुख उमा अधिकारीले सिद्धार्थनगर मुख्य केन्द्रको रुपमा रहेको वडा नम्बर ५ मा चोरीका घटनाहरु बढेकोले कुनै पनि ब्यक्तिलाई घरभाडा दिदा त्यस ब्यक्तिको बारेमा जानकारी लिई मात्र घरभाडामा दिन अनुरोध गर्नु भएको छ । उहाले समाजमा भैरहेको गतिबिधिका बारेमा सचेत हुन आग्रह गर्नु भएको छ । उहाले जेष्ठ नागरिक , एकलमहिला तथा अपांग ब्यक्तित्वहरुलाई राज्यले धेरै सुबिधा दिदै आइरहेकोले यसको फाइदा लिन आग्रह समेत गर्नु भएको छ ।
कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नवराज पौडयालले सिनपा वडा नम्बर ५ ले सामाजिक बिकासमा लगानी गरेर काम गर्दै आएको बताउनु भएको छ । उहाले वडा नम्बर ५ ले सिमित बजेटमा पनि सबै क्षेत्रलाई समेटेर काम गर्दै आएको जोड दिनु भयो । उहाले वडा नम्बर ५ लगायत अन्य वडाबाट सिको गर्दै ८० बर्ष उमेर पुगेका जेष्ठनागरिकको सम्मानको लागी निशुल्क स्वास्थ्य उपचार तथा घरदैलोमा गएर सेवा प्रदान गर्ने जस्ता कार्यक्रम ल्याएको बताउनु भयो ।
उहाले नगरभित्रका नगरबासीहरुको लागी अस्पतालमा रगतको अभाव नहोस भन्ने उदेश्यका साथ निशुल्क रगत उपलब्ध गराउने लगायत नगरबासीको लागी निशुल्क आखा शिबिर संचालन जस्ता कार्यक्रमलाई प्राथमिकतामा राखेर बजेट बिनियोजन गरेको बताउनु भयो । कार्यक्रमको उदेश्यमाथि प्रकाश पार्दै वडा नम्बर ५ का वडाध्यक्ष पुरन प्रसाद श्रेष्ठले जेष्ठ नागरिक, एकलमहिला तथा अपांग ब्यक्तित्वहरु राष्ट्रको धरोहर र अभिभावक भएकोले उहाहरुलाई माया गरी सम्मान गर्नुपर्ने बताउनु भएको छ । उहाले हामीले जेष्ठ नागरिक, एकलमहिला तथा अपांग ब्यक्तित्वहरुलाई मान सम्मान गर्नुका साथै पोषणयुक्त आहारबिहारको ब्यवस्थापन , स्वास्थ्यको सुरक्षण लगायत बिषयमा ध्यान दिन आग्रह गर्नु भएको छ ।
उहाले सिनपा वडा नम्बर ५ मा बिकासका धेरै काम भएको र सिनपामा आठ सय वटा स्मार्ट लाइट जडान गरिनुका साथै वडा नम्बर ५मा फ्रि वाइफाइ जोनका लागी वडाबाट ३ लाख र नगरपालिकाबाट ५ लाख बजेट बिनियोजन गरीएको बताउनु भयो । उहाले नगरपालिकाको मुख्य शहरको रुपमा रहेको वडा नम्बर ५ बिकासमा अगाडी रहेको बताउनु भएको छ । उहाले आगामी योजनामा जेष्ठनागरिकको घरघरमा पुगेर स्वास्थ्य सेवा प्रदान गरिने बताउदै वडा नम्बर ५ का वडाबासीको लागी निशुल्क रगत उपलब्ध गराउने प्रतिबद्धता ब्यक्त गर्नु भएको छ ।
कार्यक्रममा उद्योग ब्यापार संघका बरिष्ठ उपाध्यक्ष दर्पण श्रेष्ठ, समाजसेवी ओमकार गौचन, नारायण प्रसाद अग्रवाल लगायतले वडा नम्बर ५ ले गर्दै आएको कामको प्रशंसा गर्नुका साथै एकल महिलाहरुलाई सिपमुलक तालिम प्रदान गरी रोजगारमुलक कार्यमा सरिक गराउन आग्रह गर्नु भएको थियो । भने कार्यक्रम संचालन वडा नम्बर ५ को महिला वडासदस्य सरस्वती श्रेष्ठले गर्नु भएको थियो ।
प्रकाशित मिति: २०२३-०७-०१ , समय : १७:४९:१६ , १ वर्ष अगाडि