सिनपा वडा नम्बर ५ द्धारा खाद्यान्न सामाग्री बितरण

उर्मिला यादव यात्री , ५७७  पटक हेरिएको

भैरहवा, असार १४

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ ले आज बिहीबार एक कार्यक्रमका बिच खाद्यान्न सामाग्री बितरण गरेको छ । सिनपा ५ वडा कार्यालय परिसरमा आज वडा भित्रका बिपन्न वर्गहरुलाई राहत स्वरुप खाद्यान्न सामग्री बितरण गरीएको हो । कार्यक्रममा २५ किलो चामल, एक किलो नुन, दुई लिटर खानेतेल, एक पोका सोयाबिन, पाचं किलो चिउरा, ५ किलो पिठो , एक किलो अरहरको दाल लगायत सात प्रकारका खाद्यन्न सामाग्री बितरण गरीएको वडा नम्बर ५ का वडाध्यक्ष पुरन प्रसाद श्रेष्ठले जानकारी दिनु भएको छ ।

उहाले जनताको सेवा गर्नका लागी नै आफु निर्वाचित भएर आएकोेले आफुले बाचा गरे अनुसार नै उनीहरुको हकहितको लागी काम गर्ने बताउनु भएको छ । उहाले पछिल्लो समय देश आर्थिक मन्दीको चपेटाबाट गुज्रिरहेकोले बिपन्न वर्गलाई यसले प्रत्यक्ष असर गर्ने भएकोले उनीहरुलाई राहत प्रदान गर्ने उदेश्यले ४० जना परिवारलाई खाद्यान्न बितरण गरीएको बताउनु भयो । उहाले वडा नम्बर ५ सधै जनताको साथमा रहेको र जनतासंगै हातेमालो गरी अगाडी बढने बिश्वास ब्यक्त गर्नु भएको छ ।

खाद्यान्न बितरण कार्यक्रममा सिनपा वडा नम्बर ५ का वडासदस्य बिनित कुमार बेरिवालको स्वागत मन्तब्य रहेको कार्यक्रमा समाजसेवी ओमकार गौचन, सिनपा वडा नम्बर १३ का वडाध्यक्ष सोमबहादुर गुरुंग , सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख इस्तियाक अहमद खान लगायतले बोल्दै वडानम्बर ५ ले समाजमा उदाहरणीय कार्य गर्दै आएको र यसको सिको अरु वडाले गर्नुपर्ने बताउनु भएको थियो ।
यस्तै गरी खाद्यान्न बुझदै मन्जु कुमारी तेलीले एकदमै खुसी भएको बताउनु भएको छ । उहाले वडाको यो कार्य एकदमै सह्रार्निय र साझ बिहान छाक टार्न समस्या रहेको बिपन्न परिवारले खाद्यन्न पाउदा एकदमै राहत महसुुुुुुस गरेको बताउनु भएको छ ।

खाद्यान्न बितरण कार्यक्रम वडा नम्बर ५ का वडाध्यक्ष पुरन प्रसाद श्रेष्ठको अध्यक्षता तथा सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख इस्तियाक अहमद खानको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रम संचालन वडा नम्बर ५ को महिला सदस्य सरस्वती श्रेष्ठले संचालन गर्नु भएको थियो ।

प्रकाशित मिति: २०२३-०६-२९ , समय : २२:१३:३१ , १ वर्ष अगाडि