प्रकाश न्यौपाने , ३३३ पटक हेरिएको
नवलपरासी, असार ११
पश्चिम नवलपरासीको बर्दघाट प्रज्ञा प्रतिष्ठानले लुम्बिनी प्रदेश स्तरीय कवि गोष्ठीका असारको १६ गते गर्ने भएको छ । लुम्बिनी प्रदेशमा पहिलो पटक लुम्बिनी प्रदेश स्तरीय कवि गोष्ठी गर्न लागेको बर्दघाट प्रज्ञा प्रतिष्ठानका कुलपति घनश्याम न्यौपानेले बताउनु भयो । उहाँ भन्नू हुन्छ-” लुम्बिनी प्रदेश स्तरीयमा पहिलो पटक कवि गोष्ठी गर्न लागिएको छ । लुम्बिनी प्रदेश भित्र रहेका १२ वटा जिल्लाबाट कविहरु आउनु हुन्छ ।”
चैत्र देखी बैखाक २१ गते सम्म बर्दघाट प्रज्ञा प्रतिष्ठानको कार्यालय र प्रज्ञा प्रतिष्ठिनको इमेलमा आएका ५१ वटा रचनाहरुको कवि प्रतियोगितामा सहभागी हुनु भएको बताउदै उहाले भन्नु भयो -” हामीले बर्ग, लिङ्ग, जाति, धर्म र सम्प्रदाय माथी प्रहार नगर्ने गरि रचना पठाउन ३५ दिने सुचना जारी गरि रचनाहरु मागेका थियौं । जसमा ३ सदस्यीय मुल्यांकन समितीले प्रथम, दोस्रो, तेस्रो र शान्तनालाई क्रमश २५ हजार, २० हजार, १५ हजार र १० हजार रहेको छ ।”
बर्दघाट प्रज्ञा प्रतिष्ठानका भाषा साहित्य बिभागको संयोजक एवं प्रदेश स्तरिय कवि गोष्ठीका संयोजक हुमनाथ आचार्यले स्वागत रहेको कार्यक्रमको संचालन सदस्य सचिब बामदेब अधिकारीले गर्नु भयो ।
प्रकाशित मिति: २०२३-०६-२६ , समय : १४:१०:५९ , १ वर्ष अगाडि