रुपन्देही खबर , ४२४ पटक हेरिएको
भैरहवा, असार १०
रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८० र ०८१ का लागि रु १ अर्ब १३ करोड ४१ लाख ४२ हजार बराबरको बजेट प्रस्तुत गरेको छ । भैरहवामा आयोजित पालिकाको १३ औं अधिवेशनमा सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीले ‘कृषि, स्वास्थ्य, पर्यटन, उद्योग, व्यापार र शिक्षा र हराभरा बुद्धभूमि सिद्धार्थनगरको इच्छा’ सहितको नगरपालिकाको दीर्घकालीन सोंचलाई आत्मसात गर्दै वार्षिक बजेट प्रस्तुत गर्नु भएको छ ।
संघीय सरकारबाट समानीकरण अनुदानमा रु १७ करोड ८९ लाख, सर्सत अनुदानमा रु २८ करोड ५४ लाख, समपुरक अनुदान रु ८० लाख, विशेष अनुदान रु ९० लाख, राजस्व बाँडफाँडमा रु १० करोड ४३ लाख ४६ हजार आम्दानी हुने नगरपालिकाले जनाएको छ । यस्तै गरी
प्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदान १ करोड ३७ लाख ३३ हजार, ससर्त अनुदान ८६ लाख ५० हजार रुपैयाँ, राजस्व बाँडफाँडबाट ८६ लाख ८० हजार ४ सय १३ रुपैयाँ, समपुरक अनुदान रु १ करोड ५० लाख रुपैयाँ प्राप्त हुने उपप्रमुख अधिकारीले बताउनु भएको छ ।
यस्तै नेपाल सरकार र एसियाली बिकास बैंकको संयुक्त लगानीमा संचालन हुने परियोजनाको लागी दातृ निकायबाट प्राप्त हुने रकम १३ करोड, ४० लाख, मालपोत कार्यालयबाट प्राप्त हुने राजस्वको बाडफाडको ५ करोड, आन्तरिक आयबाट १९ करोड , ९५ लाख र अनुमानित बैंक मौज्दात ११ करोड, ८९ लाख, ३२ हजार ५ सय ८७ रहेको छ ।
यस्तै गरी नगरको एकीकृत शहरी विकास योजनाका आधारमा पूर्वाधार तर्फका कार्यक्रमहरु संचालन हुने र नगरको दीर्घकालीन महत्व राख्ने डण्डा कोरिडोर लगायत मझौला तथा ठूला आयोजना संचालन गर्न प्रदेश सरकार संघीय सरकार तथा स्वदेशी तथा विदेशी दातृ निकायहरूसँग सहकार्य गर्ने व्यवस्था मिलाइने नगरउपप्रमुख उमा अधिकारीले बताउनु भएको छ ।
यस्तै गरी नगरका हाल कार्यान्वयनका क्रममा रहेका क्रमागत तथा बहुवर्षीय योजनाहरु सम्पन्न गर्नका लागि कुल रकम रु ३ करोड ५० लाख विनियोजन गरिएको छ । नगरमा बिद्युत पोल व्यवस्थापनका लागि रु ९ लाख विनियोजन गरिएको छ । यस्तै गरी नगरपालिकाको वडा नंम्बर २ मा रहेको पृथ्वी पार्क निर्माणका लागि प्रदेश सरकार समपूरक अनुदानबाट रू ५० लाख र नगरपालिकाको सहभागिता रू। १ करोड गरी कुल जम्मा रू। १ करोड ५० लाख विनियोजन गरिएको छ । त्यसैगरी सामुदायिक कृषि हाटबजार बी ब्लक को पूर्वाधार निर्माण गर्न प्रदेश सरकार समपूरक अनुदानबाट रू। १ करोड र नगरपालिकाको सहभागिता रू १ करोड गरी कुल जम्मा रू २ करोड विनियोजन गरिएको छ ।
यस्तै गरी नगरपालिका भित्र जिर्ण भएका सडकहरुको मर्मत सम्भारका लागि सडक बोर्ड नेपाल बाट रू ८० लाख र नगरपालिकाको सहभागिता रू ५० लाख हुने गरी रू १ करोड ३० लाख र यसै कार्यक्रम अन्तर्गत सडक ग्राभेल तथा बेसकोर्स निर्माणका लागि २५ लाख विनियोजन गरिएको छ । साथै मर्मत सम्भार कोषबाट विभिन्न पुर्वाधार मर्मतका लागि रु २० लाख विनियोजन गरिएको छ ।
भने वडास्तरीय योजनाको लागि रू १० करोड ६५ लाख विनियोजन गरिएको छ । जस मध्ये वडा नंम्बर १ का लागि रू ८९ लाख २७ हजार, वडा नं २ का लागि रू ७६ लाख ३४ हजार, वडा नं ३ का लागि रू ९० लाख १२ हजार वडा नं ४ का लागि रू ८४ लाख १५ हजार, वडा नं ५ का लागि रू ६२ लाख ९३ हजार, वडा नं ६ का लागि रू ९४ लाख ८० हजार वडा नं ७ का लागि रू ७४ लाख ५९ हजार, वडा नं ८ का लागि रु ९७ लाख, वडा नं ९ का लागि रू ९६लाख ३हजार वडा नं १० का लागि रू ७७लाख ८९ हजार, वडा नं ११ का लागि रू ७१ लाख ७४ हजार, वडा नं १२ का लागि रू ७५ लाख ५३ हजार र वडा नं १३ का लागि रू ७४ लाख ९७ हजार विनियोजन गरिएको छ । सो रकम वडाका अत्यावश्यक पूर्वाधारहरु, आर्थिक, सामाजिक वातावरण र विपद्व्यवस्थापन तथा सुशासन र संस्थागत विकासमा खर्च हुने उपप्रमुख अधिकारीले बताउनु भयो ।
यस्तै गरी नगर तथा बहाहरुको सन्तुलित विकासका लागि अन्य पूँजीगत शीर्षक अन्तरगत रु २ करोड विनियोजन गरिएको छ । सो रकमबाट नगरका सडक पिच नाला निर्माण सडक ग्राभेल, मर्मत संभारका कार्यहरु लगायतका पूर्वाधार निर्माणमा खर्च गरिने उपप्रमुखको भनाइ छ ।
यस्तै गरी सवारी दुर्घटना न्युनीकरण गर्न जेब्रा क्रसिंग निर्माण तथा ट्राफिक सचेतना अभियान कार्यक्रमका लागि रु १० लाख, नगर क्षेत्र भित्र सडक सौन्दर्यीकरण, ग्रिन क्लिन इको फ्रेन्ड्ली सिटी निर्माण का लागि रु ४५ लाख नगरपालिकाको विभिन्न सडकहरूमा सडक बत्ती व्यवस्थापनका गर्न आवश्यक विद्युत सामग्री खरीदका लागि रू ५० लाख विनियोजन गरिएको छ ।
यस्तै गरी सिनपा का विभिन्न स्थानमा फायर हाइड्रेन्ट जडान तथा निर्माण कार्यका लागि रु १५ लाख, बेलहिया बसपार्क व्यवस्थापन का लागि रु २० लाख बेलहियामा वाटर एटिएम जडानका लागि रु ७ लाख विद्युत स्मार्ट लाइट का लागि रु ५० लाख बेलहियामा वाटर फाउन्टेन जडान तथा सुन्दरीकरणका लागि रु२० लाख रकम विनियोजन गरिएको छ ।
छाडा चौपाया व्यवस्थापनका लागि कान्जिहाउस निर्माण र घाट व्यवस्थापन वार्ड ११ का लागि रु ४२ लाख, कान्जिहाउस जाने सडक निर्माण वार्ड ११ लाइ रु २५ लाख अन्य पालिकाको साझेदारी समेत ल्याण्डफिल साइट व्यवस्थापन पूर्वाधार निर्माण वार्ड १ र २ का लागि रु ७० लाख, नौडिहवा गाउमा मदिना मश्जिद निर्माण वार्ड १ का लागि रु १४ लाख मेउडिहवामा प्रस्तावित धर्मशालाको कम्पाउण्ड वाल निर्माणका लागि रु २२ लाख बुद्ध शान्ति पथ वार्ड ३ मा नाला तथा सडक निर्माणका लागि रु १६ लाख विनियोजन गरिएको छ । वार्ड ४ मा मुक्तिधाम घाट निर्माणका लागि रु। १४ लाख, वार्ड ५ स्थित काली भक्ति गण भित्र अवस्थित छठ पोखरी मा पूर्वाधार निर्माणका लागि रु ३० लाख, पश्चिमान्चल स्कुलबाट शहिदपथ जाने बाटो निर्माण वार्ड ६ का लागि रु १३ लाख, वार्ड ७ आर्यपथ देखि डाडागाउँ हुदै डण्डा खोला जाने नालामा पुर्वाधार निर्माण का लागि रु २२ लाख, वार्ड ८ मा बृन्दापथ र गंगालाल पथ सडक तथा नाला निर्माणका लागि रु ३० लाख सिमाना पथ तथा मामा भान्जी पथमा अपुरो नाला निर्माण वार्ड ९ का लागि रु २४ लाख, वार्ड १० मा मश्जिद देखि शंकरपुर जाने बाटोमा नाला निर्माण का लागि रु २५ लाख रकम विनियोजन गरिएको छ । साथै वडा नं ११ मा पिपरहैया गाउँ देखि दक्षिण बोर्डर सम्म तथा वडा समिति भवन देखि दक्षिण नौडिहवा गाँउ हुदै दक्षिण बोर्डर सम्म सडक पूर्वाधार निर्माण का लागि र ३२ लाख, वडा नं १२ मा गौरिश्वर पथ देखि हुलाकी सडक सम्म जोड्ने नाला निर्माणका लागि रु।१५ लाख र वडा नं १३ को भवन निर्माणका लागि रु ३५ लाख रकम विनियोजन गरिएको छ । भने नगरपालिकाको निर्माणाधिन प्रशासनिक भवनका लागि लागत सहभागिता र समपूरक अनुदान गरी रु २ करोड ४९ लाख विनियोजन गरिएको छ ।
यस्तै गरी संघ र प्रदेश सरकारबाट प्राप्त सशर्त अनुदानबाट नगरपालिका क्षेत्र भित्रका स साना गल्ली , नाला र सडकको स्तरउन्नती गर्नका लागि प्राप्त रकम सम्बन्धित योजनामा खर्च गरिने उपप्रमुख अधिकारीले बताउनु भयो । उहाले नगरपालिकामा हाउस नम्बरिङ्ग कार्यको लागि रु ७० लाख विनियोजन गरिएको बताउनु भएको छ । नेपाल सरकार र एसियाली विकास बैंकको संयुक्त लगानीमा संचालन हुने परियोजनाको लागि दातृ निकाय बाट प्राप्त हुने रकम रु १३ करोड ४० लाख र नगरपालिकाबाट विनियोजन हुने रकम रु २ करोड ९५ लाख गरी कुल रु १६ करोड ३५ लाख विनियोजन गरिएको छ ।
बैंकरोडमा जेष्ठ नागरिक, बालबालिका, अपाङ्ग तथा महिला मैत्री फुटपाथ निर्माणका लागि रु ९० लाख विनियोजन गरिएको छ । सिद्धार्थनगर नगरपालिकाको दिर्घकालिन सोच, उद्देश्य रणनीति सहितको आवधिक योजना निर्माण गर्न रु १० लाख विनियोजन गरिएको छ । लुम्बिनी प्रेश क्लब र रुपन्देही क्रिकेट संघमा पूर्वाधार निर्माणका लागि आवश्यक बजेट विनियोजन गरिएको छ । १८। नगरक्षेत्र भित्रका विपन्न नागरिकका लागि सुरक्षित आवासको सुनिश्चितता गर्न मेयर आवास कार्यक्रमलाई रु ३५ लाख विनियोजन गरिएको छ नगरपालिका क्षेत्रभित्र पर्यटकलाई आकर्षित गर्न उपयुक्त स्थानमा आधुनिक घण्टाघर निमार्णको लागी ४५ लाख रुपैया बिनियोजन गरीएको उपप्रमुख अधिकारीले जानकारी दिनु भएको छ ।
नगर भित्र ८० वर्ष उमेर पुगेका जेष्ठ नागरिकको घरदैलोमै पुगी स्वास्थ्था परीक्षणका लागि रु २ लाख ५० हजार विनियोजन गरिएको छ । फोहोरमैला क्षेत्र प्रभावित वार्ड १ र २ का बासिन्दालाई वार्ड कार्यालयको सिफारिसमा निशुल्क स्वास्थ्य विमा कार्यक्रमका लागि रु ७ लाख बजेट विनियोजन गरिएको छ । यसै गरी नगरवासीहरुको लागि रणअम्बिका आँखा अस्पतालको सहकार्यमा निशुल्क आँखा जाँच शिविरका लागि रु. १० लाख विनियोजन गरिएको छ । सिद्धार्थनगर नगरवासीहरु कोही पनि रगतको कमिले अकालमै ज्यान गुमाउनु नपरुस भन्ने उद्देश्यले नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा निशुल्क रुपमा रगत उपलब्ध गराउने कार्यक्रमका लागि रु १० लाख बजेट विनियोजन गरिएको छ ।
महिला स्वास्थ्य स्वयंसेविका कार्यक्रममा प्रोत्साहनको लागि यातायात, खाजा, तालिम पोशाक आदिको लागि रू. २६ लाख विनियोजन गरिएको छ । साथै महिला स्वास्थ्य स्वयंसेविकाहरुका लागि निःशुल्क सरकारी स्वास्थ्य वीमाको लागि आवश्यक बजेट विनियोजन गरिएको छ ।
आवश्यकता अनुसार वडाहरुका स्वास्थ्य संस्थाहरुमा स्तनपान कक्ष सहित खोप क्लिनिक पूर्वाधार निर्माणको लागि रु ३० लाख विनियोजन गरिएको छ । २५. आधारभूत तथा आकस्मिक सेवाका लागि औषधी र स्वास्थ्य सुरक्षा सामग्रीको लागि रू. १५ लाख विनियोजन गरिएको छ ।
यस्तै गरि उपप्रमुख सुरक्षित मातृत्व प्रवर्द्धन कार्यक्रम अन्तर्गत उपमेयर सुत्केरी भेट कार्यक्रमलाई यस आर्थिक वर्षका लागि पनि निरन्तरता दिइएको छ । जसको लागि रू.१२ लाख बजेट विनियोजन गरिएको छ । आमा र बच्चाको शरीर जोखिम न्यूनीकरणको लागि मातृ शिशु प्रवर्द्धन कोष स्थापना गरी सो कोषमा रु ५ लाख विनियोजन गरिएको छ । २७. पोषणमैत्री स्थानीय शासन प्रवर्द्धनका लागि रु २ लाख विनियोजन गरिएको छ । कक्षा ८ को नगरस्तरीय परीक्षा सञ्चालन गर्न तथा बालविकास शिक्षक र विद्यालय कर्मचारीहरुका लागि थप तलबका लागि रु. ५८ लाख ३० हजार विनियोजन गरिएको छ । सामुदायिक विद्यालयका प्र.अ. तथा शिक्षकहरुलाई क्षमता विकास कार्यक्रम निरन्तर सिकाई अभिबृद्धिका लागि सहजीकरण गर्ने कार्यक्रमका लागि आवश्यक बजेट विनियोजन गरिएको छ । स्मार्ट कक्षाकोठा निर्माणको लागि रु.१० लाख र छात्राहरुलाई गुड टच व्याड टच सम्बन्धी सचेतना कार्यक्रमको लागि आवश्यक रकम विनियोजन गरिएको छ ।
स्थानीय पाठ्यक्रम निर्माण लेखन र छपाइका लागि रु. २२ लाख बजेट विनियोजन गरिएको छ । शिक्षा तर्फ सशर्त अनुदान बापत प्राप्त हुने रकम बाट चालु तर्फ शिक्षकको तलब भत्ता, पाठ्यपुस्तक, दिवाखाजा, विद्यालय संचालन अनुदान, धार्मिक विद्यालयका लागि अनुदान,शैक्षिक गुणस्तर सुधार छात्राहरुलाई सेनिटरी प्याड वितरणमा खर्च हुनेछ । साथै पूँजिगत तर्फ बालवहिरा विद्यालयको रु ९० लाख विशेष अनुदान प्राप्त भएकोमा सोही बमोजिम पूर्वाधार निर्माण गरिने उपप्रमुख अधिकारीले जानकारी दिनु भएको छ ।
भुजौली प्रावि भवन पुर्वाधार निर्माण का लागि रु ५० लाख पक्लिहवा मावि भवन पुर्वाधार निर्माण का लागि रु ४५ लाख रकम विनियोजन गरिएको छ । युवाहरुको लागि आयमूलक सीपमूलक कार्यक्रमको लागि रु. १२ लाख, विपन्न महिलाहरुको लागि क्षमता अभिवृद्धि तालिम कार्यक्रम संचालन गर्न रु ४ लाख अपांगता भएका व्यक्तिहरु लाइ आवश्यक सामग्री वितरण का लागि र ३ लाख विनियोजन गरिएको छ । गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमका लागि रु. ७ लाख थप रकम विनियोजन गरिएको छ ।
यस्तै गरि तेस्रो लिङ्गीका लागि स्वास्थ्य परीक्षण तथा आयमुलक कार्यक्रम, ईरिक्सा चलाउने महिलाहरुलाई प्रोत्साहन कार्यक्रम का लागि आवश्यक बजेट विनियोजन गरिएको छ । सड़क मानव मुक्त नगर बनाउने आवश्यक कार्यक्रमको लागि मानवसेवा आश्रम लाइ रु. ३ लाख विनियोजन गरिएको छ । तेक्वान्दो क्लब भवनका लागी रु २० लाख विनियोजन गरिएको छ । खेल तथा खेलाडी अक्षय कोषका लागि थप रकम १ लाख ५० हजार पत्रकारिता अक्षय कोषका लागि १ लाख, भाषा कला संस्कृति र साहित्य अक्षयकोषमा थप गर्नको लागि रु ७५ हजार विनियोजन गरिएको छ । उपभोक्ताको स्वास्थ्य एवं हकहित बृद्धि तथा बजार अनुगमन, महिला समूह, समिति गठन एवं परिचालन, वडास्तरीय परामर्श बैठक, अनुशिक्षण कार्यक्रम, आधारभूत तालिम नेतृत्व तथा संस्थागत विकास तालिम आदिको लागि आवश्यक रकम व्यवस्था गरिएको छ । बालमैत्री स्थानीय शासन कार्यक्रम सञ्चालन गर्न रु. १० लाख रकम बिनियोजन गरिएको छ । लागुपदार्थ दुर्व्यसनी धुम्रपान तथा मध्यपान बिरुद्द सचेतना कार्यक्रम, सैङ्गिक हिंसा निवारण सम्बन्धी सचेतना मूलक कार्यक्रम सञ्चालनको लागि आवश्यक रकम विनियोजन गरिएको छ । सामाजिक सुरक्षा तथा पंजिकरण तर्फ वडाका पदाधिकारी तथा कर्मचारीहरूको क्षमता अभिवृद्धि तालिम, शिविर संचालन आदिका लागि रु ५ लाख ५० हजार बजेट विनियोजन गरिएको छ ।
यस्तै गरि कृषि सामग्री वितरण, ताजा तरकारी उत्पादनका लागि मौसमी तथा बेमौसमी तरकारी खेती सम्बन्धी स्थलगत घुम्ति तालिम, तरकारी बालीको उत्पादन, प्रर्दशन र तरकारी बीउको मिनी किट वितरणका लागि आवश्यक बजेट विनियोजन गरिएको छ । च्याउखेती सम्बन्धी (बीउ वितरण) कार्यक्रम, च्याउ खेती सम्बन्धी स्थलगत घुम्ति तालिमका लागि रु. १ लाख, साधारण तथा पावर स्प्रेयरका लागि रु. १ लाख ५० हजार, आकस्मिक बाली संरक्षण सेवाका लागि रु.१ लाख, प्राङ्गारिक तथा वर्मी कम्पोष्ट मल वितरण ३ लाख, धान तथा गहुँको मूल वा उन्नत जातको बीउ वितरणका ५० प्रतिशत अनुदानमा वितरणका लागि २० लाख विनियोजन गरिएको छ । साथै तोरी र मुसुरोको बीउ अनुदानमा वितरण, खाधान तथा बीउ उत्पादन सम्बन्धी स्थलगत पुम्ति तालिमका लागि आवश्यक बजेट विनियोजन गरिएको छ ।
नगरका कृषकहरुको माटो सुधार तथा परीक्षण प्रविधि प्रसार तथा सामग्री वितरणका लागि रु २ लाख, प्याज खेती प्रवर्द्धनका लागि २ लाख, कृषि औजार तथा सिचाई यन्त्र उपकरण ५० प्रतिशत अनुदानमा वितरण गर्न ५ लाख मागमा आधारित कृषि कार्यक्रम संचालन रु. ४ लाख ५० हजार. वर्षे फलफूलको बिरुवा वितरणका लागि २ लाख ५० हजार विनियोजन गरिएको छ ।
साथै संघीय सरकारको सशर्त अनुदानवाट चालु खर्च तर्फ प्राप्त रकमबाट किसान सूचीकरण, स्थापना भएका साना व्यवसायी कृषि उत्पादन केन्द्र (पकेट विकास कार्यक्रम), बाखाको साना व्यवसायिक कृषि उत्पादन केन्द्र (पकेट विकास कार्यक्रम), गहुँ बालिको साना व्यवसायिक कृषि उत्पादन केन्द्र (पकेट कार्यक्रम) संचालन गरिनेछ ।
पशुपन्छी विकास तर्फ गाई भैसिको स्वच्छ दुध उत्पादन, चापा कटर वितरण, विभिन्न खोप सेवा कृत्रिम गर्भाधानका लागि सामग्री तथा तरल नाइट्रोजन खरीद तथा ढुवानी, घाँसको बिउ वितरण, मिनरल तथा भिटामिन वितरण कार्यक्रम का लागि आवश्यक बजेट विनियोजन गरिएको छ । नगरक्षेत्र भित्र सामुदायिक कुकुर बन्ध्याकरण र रेविज भ्याक्सिनेसनका लागि रु १० लाख विनियोजन गरिएको छ ।
पशुपन्छी सेवा तर्फ सशर्त अनुदानबाट प्राप्त रकम बाट इपिडिमियोलोजी रिपोर्टिङ्ग, कृत्रिम गर्भाधान मिसन कार्यक्रम संचालन हुनेछन् । सशर्त अनुदान मध्ये प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत कामका लागि पारिश्रमिक अनुदान, युवा रोजगारीका लागि रुपान्तरण पहल परियोजना अन्तर्गत रोजगार सेवा केन्द्रको संचालन, कामका लागि पारिश्रमिक योगदान कार्यक्रमका लागि आएको रकम सोही कामका लागि खर्च हुने व्यवस्था मिलाइएको छ । यस कार्यक्रमको लागि आवश्यक निर्माण औजारहरु खरिद गर्न रु ५ लाख नगरपालिकाको तर्फ बाट विनियोजन गरिएको छ ।
पर्ल्स अनुगमन, एकीकृत नमुना सहकारी विकास कार्यक्रम ऋण जोखिम व्यवस्थापन लगायतका तालिम र अनुगमन तथा सहकारी गोष्टी र सहकारी पुरस्कार लगायतका कार्यक्रमका लागि रु १३ लाख ७५ हजार बजेट विनियोजन गरिएको छ ।
सहकारीतर्फ केन्द्रियता तथा पर्यटन तर्फ पर्यटन सहकारीमा लगानि नगरभित्र पर्यटन सूचना केन्द्र संचालन नगरक्षेत्र भित्रका पर्यटकीय क्षेत्र तथा गन्तब्य को पहिचान तथा पर्यटन प्रवर्द्धनात्मक क्रियाकलापका लागि ३ लाख विनियोजन गरिएको छ । नगरपालिका को राजस्व सुधार कार्य अन्तरर्गत रु. ५ लाख विनियोजन गरिएको छ । नगर क्षेत्रको फोहरमैला व्यवस्थापन, फोहोरलाई श्रोतमै न्यूनीकरण, प्लाष्टिक प्रयोगलाई निरुत्साहित गर्न, मुख्य नालाको दैनिक सरसफाई, ठूला तथा साना नाला सरसफाईको लागि रु २० लाख, नगर कार्यपालिकाको मुख्य मुख्य स्थानमा सार्वजनिक शौचालय निर्माण का लागि ४५ लाख विनियोजन गरिएको छ ।Clean-Green and Environment friendly City कार्यक्रम संचालनको लागि रु ४५ लाख विनियोजन गरिएको छ । विपद् व्यवस्थापन कोषको लागि रु २० लाख, नगरको नियमित सरसफाइका लागि जनशक्ति परिचालन लगायत अन्य कामको लागि आवश्यक बजेटको व्यवस्था मिलाइएको छ ।
बजेट अगावै नगरप्रमुख इश्तियाक अहमद खानले १३३ बुंदे नीति तथा कार्यक्रम सार्वजनिक गर्नु भएको थियो। नीति तथा कार्यक्रम प्रस्तुत गर्दै ‘कृषि, पर्यटन, उद्योग, व्यापार र शिक्षा र हराभरा बुद्धभूमि सिद्धार्थनगरको ईच्छा’ भन्ने नगरपालिकाको दीर्घकालीन सोच रहेको उहाले बताउनु भएको छ । नगरपालिकामा सुशासन कायम गर्दै सर्वाङ्गिण क्षेत्रको संस्थागत विकासमा जोड दिइने, कृषिको आधुनिकीकरण, सहकारी क्षेत्रको सुशासन, पर्यटन र उद्योग–व्यापार क्षेत्रको विस्तार र विविधिकरणमा जोड दिइने नीति तथा कार्यक्रममा उल्लेख छ ।
प्रकाशित मिति: २०२३-०६-२६ , समय : ०१:३०:२३ , १ वर्ष अगाडि