सुनवल नगरपालिकाको १३ औं नगरसभा सम्पन्न

कृषिलाई प्राथमिकतामा राख्दै एक वडा एक उत्पादनको नीतिलाई अवलम्बन गरिने

उर्मिला यादव यात्री , ४८०  पटक हेरिएको

सुनवल, असार ५

सुनवल नगरपालिकाले आर्थिक बर्ष २०८० र ८१ को लागी १ अर्व, १८ करोड, ९२ लाख , ८ हजार सात सय ३४ रुपैयाको बजेट बिनियोजन गरेको छ । सुनवल नगरपालिकाले सोमबार आर्थिक बर्ष २०८० र ८१ को १३ औं नगरसभा मार्फत बजेट सार्वजनिक गरेको हो । चालु खर्च तर्फ ६६ करोड, ४० लाख ६४ हजार ८ सय ३ र पुजीगत खर्चतर्फ ५२ करोड ५१ लख ४३ हजार ९ सय ३१ रुपैया बिनियोजन गरीएको छ । यस्तै गरी सामाजिक क्षेत्र स्वास्थ्य तथा पोषण , शिक्षा, भाषा, कला तथा साहित्य, खानेपानी तथा सरसफाई, महिला, बालबालिका तथा सामाजिक समाबेशीकरण , युवा खेलकुद तथा नवप्रवर्तन , सामाजिक सुरक्षा तथा पंजीकरणका लागी ६३ करोड , ९८ लाख , ८५ हजार बजेट बिनियोजन गरीएको छ । भौतिक पुर्वाधार क्षेत्र अन्र्तगत २५ करोड, ९२ लाख , ८ हजार ७ सय ३४ रुपैया, सुशासन तथा संस्थागत बिकास तर्फ २० करोड, १२ लाख , ३ हजार , आर्थिक बिकास क्षेत्र तर्फ ७ करोड, ३९ लाख , १२ हजार , बातावरण तथा बिपद ब्यवस्थापन क्षेत्र तर्फ १ करोड ५० लाख बजेट बिनियोजन गरीएको नगर प्रमुख बिमला अर्यालले जानकारी दिनु भएको छ ।

नगरप्रमुख अर्यालले आर्थिक बर्ष २०८० र ८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको बताउनु भएको छ । उहाले कृषि बिकासको लागी १ वडा एक उत्पादनको नीतिलाई अवलम्बन गर्दै समग्र कृषि बिकासका लागी अन्तर निकाय समन्वयमा ब्लक , पकेट र जोन कार्यक्रम संचालन गरिने जानकारी दिनु भएको छ । उहाले कृषि बिकास प्रवद्र्धन कोष खडा गरी कोषको माध्यमबाट कृषिमा अनुदान, उत्पादनमा बजारीकरण कार्यक्रम संचालन गरीने जोड दिनु भयो । यस्तै गरी साना कृषकहरुलाई बिशेष खालको कृषि बिकास कार्यक्रम मार्फत संम्बोधन गरिने र पाच कठठा भन्दा थोरै जमिन भएका किसानलाई साना कृषकको रुपमा बर्गीकरण गरीने निति तथा कार्यक्रममा समाबेश गरीएको छ । यस्तै गरी निती तथा कार्यक्रममा उत्पादन तथा उत्पादकत्व बृद्धि गर्न बाझो जग्गा नराख्ने नीति अवलम्बन गरी भुमिगत सिंचाई प्रणालीलाई प्राथमिकता दिने, र पानीको मुहान , सिंचित जमिनको अवस्थालाई हेरी लिपmट सिचाईको ब्यवस्थापन गरीने समाबेश गरीएको छ ।

यस्तै गरी नगरपालिकालाई महिलामैत्री बनाउन बिभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय संघ संस्थासंग समन्वय गरी अभियानमुखी कार्यक्रम मार्फत निश्चित सुचकहरु पुरा गरी महिला मैत्री नगरपालिका घोषणाको पुर्वाधार तयार गरिने नगरप्रमुख अर्यालले बताउनु भएको छ । उहाले हिंसा पिडित महिलाको लागी तत्काल राहत तथा पुन स्थापनाको लागी सेफ हाउस संचालन गरीने साथै नगरमा संचालित समता महिला बिद्यालयलाई थप सुबिधा सम्पन्न बनाई प्रभावकारी रुपमा संचालन गरीने निती तथा कार्यक्रम मार्फत जानकारी दिनु भएको छ । नगरप्रमुख अर्यालले बालश्रम मुक्त स्थानिय तह, बालमैत्री , पोषणमैत्री , बातावरण र युवामैत्री स्थानिय तह घोषणा कार्यक्रमलाई बिशेष अभियानको रुपमा संचालन गरीने बताउनु भएको छ।

नगरप्रमुख अर्यालले आर्थिक बर्ष २०७९ र ८० मा सामाजिक बिकास तर्फ ४१ करोड, ८८ लाख ५९ हजार १ रुपैया रकम बिनियोजित भएको र हालसम्म ८१.१३ प्रतिशत प्रगति भएको जानकारी दिनु भएको छ । यस्तै गरी आर्थिक बिकास तर्फ आर्थिक बर्ष २०७९ र ८० मा बिनियोजित रकम १० करोड ४१ लख ६० हजार १ सय ४ रुपैया मध्ये ८० प्रतिशत प्रगति भएको छ । पुर्वाधार बिकास तर्फ २०७९र ८० मा ३९ करोड ८५ लाख ६ हजार ४ सय ९७ रुपैया बजेट बिनियोजित भएकोमा ६३.२१ प्रतिशत प्रगति भएको छ भने सुशासन तथा संस्थागत बिकास तर्फ २४ करोड ७१ लख ६६ हजार १ सय रुपैया मध्ये ८६.९३ प्रतिशत, बन बातावरण तथा बिपद ब्यवस्थापन तर्फ १ करोड ३१ लाख ७२ हजार रुपैया बिनियोजित बजेटबाट ८५.४८ प्रतिशत प्रगति भएको नगरप्रमुख अर्यालले बताउनु भयो ।

आर्थिक बर्ष २०७९ र ८० मा गरीएको स्रोत अनुमान , बिनियोजित बजेट मध्ये संघ र प्रदेशबाट रकम कटौती भएकोले न्युन राजश्व संकलन भएकोले घाटा बजेट पुर्ति गर्न नसकिएको नगरप्रमुख अर्यालको भनाई छ ।
यस्तै गरी आर्थिक बर्ष २०८० र ८१ को १३ औं नगरसभामा नगर उपप्रमुख सुर्य प्रसाद दुबेले सुनवल नगरपालिकाको न्यायिक समितीमा बि.स. २०७४ सालदेखि २०७९ असार मसान्त सम्ममा बिभिन्न शिर्षकमा ४ सय ६२ वटा मुद्धा दर्ता भएको बताउनु भएको छ जसमध्ये ४ सय १२ वटाको समाधान गरीएको छ भने ३ वटा मुद्धा अदालतमा पुगेको छ । भने ४३ वटा डिसमिस छ । यस्तै गरी आर्थिक बर्ष २०७८ र ७९ असार मसान्त सम्ममा बिभिन्न शिर्षकमा ९८ वटा मुद्धा दर्ता भएका छन भने ९४ वटाको समाधान गरीएको नगर उपप्रमुख दुबेको भनाई छ ।

१३ औं नगरसभामा लेखासमितीको प्रतिवेदन प्रस्तुत गर्दै कार्यपालिका सदस्य सीता तिमल्सिनाले आर्थिक बर्ष २०७८÷७९ को अद्यावधिक बेरुजुक अनुसार गतबर्ष सम्म बाकी २४ करोड ३१ लाख ७१ ह्जार रहेकोमा आर्थिक बर्ष २०७८÷७९ मा ३ करोड ३४ लाख ६२ हजार फछ्र्यौट भइ २० करोड ९७ लाख ९ हजार बेरुजु कायम भएकोमा चालु आर्थिक बर्ष ४ करोड ८८ लाख ४८ हजार बेरुजु थप भइ कुल बेरुजु २५ करोड ८५ लाख ५७ हजार रहेको बताउनु भएको छ । प्रमाण जुटाई मलेप समक्ष पेश भएको तर प्रतिबेदनको सम्परीक्षण बिवरणमा समाबेश नभएको बेरुजु १ करोड ३२ लाख २७ हजार २ सय १ लाई घटाउदा चालु आ.ब . को बेरुजु ३ करोड, ५६ लाख २० हजार ७ सय ९९ कायम भई हाजसम्म कायम हुने कुल बेरुजु २४ करोड ५३ लाख २९ हजार ७ सय ९९ रहेको छ ।

यस्तै गरी कार्यपालिका सदस्य भगवती बस्यालले नगरको वाग्मय कला प्रतिष्ठान गठन तथा संचालन ऐन २०७९ को बिषयमा जानकारी गराउनु भएको थियो । १३ औ नगरसभामा सुनवल नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासिनी , १३ वटै वडाका वडाअध्यक्ष , वडासदस्य , कार्यपालिका सदस्य , सरोकारवाला संघसंस्थाका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: २०२३-०६-२० , समय : २३:०५:०१ , १ वर्ष अगाडि