बल प्रयोग गरी विद्यालयको पठनपाठन बन्द गर्ने शिक्षक र कर्मचारीलाई पदबाट हटाउने बालेनको चेतावनी

rupandehi khabar , ३५५  पटक हेरिएको

काठमाडौं, असार २

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले काठमाडौं महानगरका सामुदायिक विद्यालयमा नियमित कक्षा सञ्चालनमा बाधा पुर्याए त्यस्ता शिक्षक र कर्मचारीलाई पदबाट हटाउने चेतावनी दिनु भएको छ । शनिबार सामाजिक संजालमार्फत मेयर साहले आन्दोलन गरी विद्यायलको पढाइमा बाधा पुर्याउने शिक्षक वा कर्मचारीलाई पदबाट हटाउने चेतावनी दिनु भएको हो । उहाले महानगरपालिकाभित्रका विद्यालयमा विद्यालय शान्तिक्षेत्रको अवधारणा विपरीत हुने गरी कुनैपनि कार्य गर्न बन्देज गरिएको बताउनु भएको छ ।

उहाले ‘शिक्षक वा कर्मचारी अनुपस्थित भएमा काठमाडौँ महानगरपालिका शिक्षा ऐनको दफा ४१ क बमोजिम शिक्षक वा कर्मचारीलाई पदबाट हटाइने बताउनु भयो । विद्यालय व्यवस्थापन समितिबाट नियमित कक्षा सञ्चालनका निम्ति पहल नभएमा एवमं नियमित कक्षा सञ्चालनमा कुनै बाधा पुर्याउने काम भएमा महानगरपालिका शिक्षा ऐनको दफा २८ बमोजिम विद्यालय व्यवस्थापन समिति विघटन गरिनेछ । कुनै संस्थाले बल प्रयोग गरी बन्द गरेको खण्डमा नेपाल प्रहरीसँग समन्वय गरी नियन्त्रणमा लिन लगाई फौजदारी मुद्दा चलाउन पहल गरिनेछ।’ बताउनु भयो ।

प्रकाशित मिति: २०२३-०६-१७ , समय : २२:३५:१३ , १ वर्ष अगाडि