हिँड्दै थिए दिउसो तिर

गोबिन्द राज ओझा (राजन) , ३३५  पटक हेरिएको

डोटी, जेठ ३०

हिँड्दै थिए  दिउसो तिर भेट गरे उनी सँग 
मिठो हाँसोमा मन भुलाए मैले  उनी सँग    
खेतबारी तिर सबैतिर हेर्न लागेको छु
अँध्यारोमा उज्यालो बाली हेरेको छु    
 
मनले भन्छु मैले उनी सँग जिस्किएर बस्नु छ
बन पाखामा फुल्ने फुलहरू सँग  रमाउनु छ
मन भित्रबाट  पिरतीलाई जोगाउनु छ
अब मन कि मायालुलाई खोज्दै हिँड्नु छ
 
उनी सँग साइनो गाँसी बसेको छु मन भुलाई
हासेको छु सधैँ मनका पिडाहरू भुलाई
पूर्णिमाको जुनको उज्यालोमा बसेर हेर्ने गर्छु
मन भुलाउन भनी नयाँ खेल खेल्ने गर्छु
 
मेरो खेतको बाटो बग्छ नदी सधैँको साथी बनी
सधैँ भरी देख्न पाउ मायालुको साथमा रही
प्रभातको समयमा देखे मैले उनलाई
यो समयमा बोलाएको छु मेरी उनिलाई 
 
नजिक आएर केही कुरा भन्न थालिन उनी
लेखेका पानाहरू पल्टाउँदै गइन उनी
सबैको मनमा बसेकी सबैको भलो हुने काम गर्छिन्
खुसी  थियो मन  उनको भेट्दा हाँसी रहन्छिन्

प्रकाशित मिति: २०२३-०६-१३ , समय : २०:४८:४० , १ वर्ष अगाडि