डाेल्मा चौधरी , ४०७ पटक हेरिएको
परासी, जेठ २४
आज म गर्जिदै छु। मेरो गर्जाईबाट माइक्रोफोन बन्द हुन्छ भने तपाईं हामी सबै पहिचानबादीहरुको हुंकारबाट सिंहदरबार र नस्लबादीहरुलाई हल्लाउन बेर लागदैन । परासीमा भएको स्वागत कार्यक्रममा बोल्द नागरिक उन्मुक्ति पार्टीको संरक्षक एवं पुर्व सांसद रेशम चौधरीले बताउनु भएको छ । उहाँले पहिचानबादी एक हौ भन्दै बोनसमा पाएको मेरो बाकी जिन्दगी जनताको हितको लागि सर्मपित हुने बताउनु भयो ।
२०७२ सालमा घटेको टिकापुर घटनामा १ नाबालक र ८ प्रहरी मारिएको आरोपमा चौधरी जन्मकैदको सजाय काटिरहेका थिए । ८ वर्ष पछि जेठको १५ गते गणतन्त्र दिवसको अवसरमा सरकारले आममाफी दिएपछि उहाँ जेल मुक्त भएका हुन । सोहि अवसरमा पार्टिका कार्यकर्ताहरुले भव्य स्वागत गरिरहेका छन । आज बुधबार नागरिक उन्मुक्ति पार्टी पश्चिम नवलपरासीले रेशम चौधरीलाई जेल जिवन पछि पहिलो पटक परासीमा आउदा भव्य स्वागत गरेको छ ।
पार्टीका अध्यक्ष ओम प्रकाश चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा पार्टिका केन्द्रिय सदस्य लक्षमण थारु, लुम्बिनी प्रदेश सदस्य बसन्ती नेपाली लागायले बोल्नु भएको उक्त कार्यक्रममा केन्द्रिय उपाध्यक्ष दामोदार पण्डित, केन्द्रिय सदस्य बस्नत हमाल,राजन गुरुङ्ग, लगायतको सहभागिता रहेको थियो ।
सोअवसरमा पार्टी प्रवेश कार्यक्रम भएको ५० जनाले पार्टी प्रवेश गरेका उक्त कुराको जानकारी केन्द्रिय सदस्य महेन्द्र प्रसाद चौधरीले दिनु भयो ।
प्रकाशित मिति: २०२३-०६-०७ , समय : २२:१३:०७ , १ वर्ष अगाडि