rupandehi khabar , ३१५ पटक हेरिएको
रुपन्देही, जेठ २४
लुम्बिनी प्रदेश सभाको बैठक यही जेठ २६ गते शुक्रबार बस्ने भएको छ । प्रदेश सभा सचिव दुर्लभ कुमार पुन मगरका अनुसार बैठक शुक्रबार दिउँसो साढे ११ बजेदेखि सुरु हुनेछ । दोस्रो अधिवेशनको पाँचौं बैठकमा प्रदेश सरकारको नीति तथा कार्यक्रम ल्याउने तयारी छ । लुम्बिनी प्रदेश सभा नियमावली २०७९ को नियम ३ को उपनियम ९३० बमोजिम बैठक आह्वान गरिएको हो । सरकारले आगामी वर्षको नीति तथा कार्यक्रम तयारी गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला, कानून तथा सहकारी मन्त्री सन्तोष कुमार पाण्डेयले बताउनु भएको छ ।
प्रकाशित मिति: २०२३-०६-०७ , समय : ०८:५३:०३ , २ वर्ष अगाडि