बढ्दो गर्मीका कारण सुनवल नगरका विद्यालयहरुमा आजदेखि बिदा

इन्दिरा बिश्वकर्मा , २६८  पटक हेरिएको

सुनवल, जेठ १९

अत्यधिक बड्दो गर्मीका कारण सुनवल नगरपालिकाले विहिवार एक सूचना जारी गर्दै नगरका विद्दालयहरुमा केही दिन विदा दिने जनाएको छ। पछिल्लो समय नेपालको तराई क्षेत्रसँगै देशैभरीको तापक्रममा अत्यधिक वृद्धि हुन थाले लगत्तै पठनपाठन तथा शैक्षिक गतिविधि सञ्चालनमा भएको असहजताका कारण नगरपालिकाका सम्पुर्ण विद्यालयहरुमा बिदा दिईने सुचनाले जनाएको छ। सुचनाका अनुसार जेष्ठ १९ गतेदेखि २६ गते जेष्ठ, १ हप्ताको विदा दिएको छ।

नगर शिक्षा अधिकृत पशुपति भट्टराईद्वारा जारी ‘गर्मी विदा रहने सम्बन्ध’शीर्षकको सूचनामा भनिएको छ ।प्रस्तुत विसयमा सुनवल नगर शिक्षा समीतिको मिति २०८०|०२|१६ गतेको वैठकको निर्णयानुसार हाल बढीरहेको अत्यधिक गर्मीका कारण पठनपाठन तथा शैक्षिक गतिविधि सञ्चालनमा असहजता भएकाले शैक्षिक क्यालेण्डरमा उल्लेख भएको गर्मी विदाबाट कट्टी हुने गरी मिति २०८०|०२|१९ देखि २६ गते सम्म सुनवल नगरपालिका का सम्पुर्ण विद्यालयहरुमा गर्मी विदा गरिएको ब्यहोरा जानकारी गराइन्छ। साथै हाल चलिरहेको कक्षा ११ को परीक्षालाई निरन्तरता दिनु हुन समेत जानकारी गराईन्छ ।

विद्दालयहरुमा विदा दिईने भए पनि पुर्व निर्धारित परीक्षा भने सँचालनमा रहने सुचनामा उल्लेख गरिएको छ ।

प्रकाशित मिति: २०२३-०६-०२ , समय : ०८:२२:३९ , १ वर्ष अगाडि