सुनवल नगरपालिकामा पहिलो पटक महिला विद्यालयको शुभारम्भ

इन्दिरा विश्वकर्मा , ३५९  पटक हेरिएको

सुनवल, जेठ १५

पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा पहिलो पटक महिला विद्यालयको शुभारम्भ भएको छ । विभिन्न कारणवश माध्यमिक तहको अध्धयन पुरा गर्न नसकी घरमै बसेका महिलाहरुलाई लक्षित गरी लुम्विनी समता महिला विद्यालयको शुभारम्भ गरिएको हो । सुनवल नगरपालिका र लुम्विनी माध्यमिक विद्यालयको संयुक्त आयोजनामा सुरु गरिएको महिला विद्यालयमा कक्षा ४ देखि १० कक्षामा अध्ययन गर्ने हालसम्म १५० जना महिलाहरु भर्ना भई पठनपाठन सुरु गरेको लुम्विनी माध्यमिक विद्यालयका प्रधानाध्यापक हुमनाथ सुवेदीले जानकारी दिनुभयो।

घरको काम सकेर आफ्ना नानी ,वावुहरुलाई विद्यालय पठाइसकेपछि विहान ११ बजेदेखि विद्यालय जाने र विद्यालयबाट नानीवावु घर नर्फकिदै घरमै पुग्ने गरी दिउँसोको ३ बजेसम्म लुम्विनी माध्यमिक विद्यालयमा पठनपाठन संचालनमा आएको उहाँले बताउनुभयो ।

यस्तै महिला विद्यालयको उद्घाटन गर्दै जिल्ला समन्वय समिति प्रमुख भगौती यादवले जिल्लामै पहिलो पटक महिला विद्यालय संचालनमा आउनु निकै गर्वको बिषय भएको बताउनुभएको छ । लुम्विनी समता महिला विद्यालय नामकरण गरेको महिला विद्यालयको दिगोपना को लागी सवैको उत्तदायित्व रहेको उहाँले बताउनुभयो । यस्तै महिला दिदिवहिनीहरुलाई सचेत र शिपवान बनाउने लक्ष्यका साथ सुनवल नगरपालिकालाई समृद्ध वनाउने योजना सहित महिला विद्यालयको सुभारम्भ गरेको सुनवल नगरपालिकाका प्रमुख विमला अर्यालले बताउनुभयो। महिलाहरुलाई सक्षम र सवल बनाउन का साथै समाज रुपान्तरणको लागी महिला सचेत हुन अपरिहार्य भएको नगरप्रमुख अर्यालको भनाई रहेको छ ।

त्यस्तै सुनवल नगरपालकाकाले नगर उपप्रमुख सुर्य दुबेले सुनवलको विकासमा महिलाहरुको भुमिका रहने भन्दै महिला विद्यालयले अहम भुमिका खेल्ने वताउनु भएको छ । हरेक व्यक्तिको जिवनमा शिक्षाले प्रभाव पार्ने भन्दै लुम्विनी समता महिला विद्यालयले सुनवललाई शैक्षिक हव बनाउनको लागी कोशे ढुगां सावित हुने बताउनुभयो ।

त्यस्तै सुनवल नगरपालकाका संस्थपक नगरप्रमुख भिम बहादुर थापाले शिक्षा सँगै आर्थिक रुपमा पनि महिला दिदिवहिनीहरु सक्षम हुनुपर्नेमा जोड दिनुभयो । उहाले अनुरुप प्रत्येक वडामा महिला उद्यम केन्द्र निर्माण गरेको बताउनुभयो । विद्यालयमा किताव मात्रै नभई सिप सिकाई पनि हुनु पर्ने थापाको भनाई छ ।
अधिकारमा आधारित विकास गर्न साथै समता बाट समानता तर्फ अगाडी वढाउनको लागी लुम्विनी समता महिला विद्यालयको भुमिका रहने सुनवल नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासीनीले बताउनुभयो ।

त्यस्तै नेपाल पत्रकार महासँघ जिल्ला शाखा पश्चि नवलपरासीका अध्यक्ष हरि शर्माले सुनवल नगरपालिकामा महिला विद्यालयल जिल्लाकै नमुना भएको बताउनुभयो । यसलाई दिगोपनाको लागी विशेष ध्यान दिन समेत अध्यक्ष शर्माले सुझाब दिनूभयो ।

महिला विद्यालयको शुभारम्भ लुम्विनी माध्यामिक विद्यालय व्यवस्थापन समिति अध्यक्ष गंगा बहादुर गुरुङको अध्यक्षता तथा जिल्ला समन्वय समिति प्रमुख भगौति यादवको प्रमुख आतिथ्यतासमा शुभारम्भ कार्यक्रममा महिला शिक्षा उपसमिति संयोजक मिना शर्मा ढकालको लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

प्रकाशित मिति: २०२३-०५-२९ , समय : २१:२०:१२ , १ वर्ष अगाडि