जगिलाल थापा , २१३ पटक हेरिएको
कञ्चन ,जेठ १४
रुद्रपुर खानेपानी तथा सरसफाई संस्था, कञ्चन ४ रुपन्देहीको आगामी नयाँ कार्य समितिको छनौटका लागि हिजो सम्पन्न भएको निर्वाचनको मतगणना सम्पन्न भएको छ। अन्तिम मत सार्वजनिक अनुसार करुवा चिन्ह लिएर चुनावी प्रतिस्पर्धामा रहेका गठबन्धन समूहका नाम बहादुर के.सी. सहितको समूह विजयी भएको छ।
अध्यक्ष पदमा विजयी नाम बहादुर के.सी.ले ७९६ मत प्राप्त गर्नु भएको छ भने के.सी.का निकत्तम प्रतिद्वन्दी बाल्टी चिन्हका उमेद्वार भुपेन्द्र आचार्यले ५९६ मत प्राप्त गर्नु भएको छ। यस्तै अर्का प्रतिस्पर्धी धारा चिन्हका उमेद्वार शेर बहादुर पुनले ३२७ र पंखा चुनाव चिन्हका उमेद्वार ज्योती नारायण आचार्यले २७ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ।
यसैगरी उपाध्यक्ष पदका उमेद्वार मदन प्रसाद पौडेल(करुवा)ले ८६५ मत प्राप्त गरी विजयी हुनु भएको छ भने निजका निकत्तम प्रतिस्पर्धी उमेद्वार महेश घिमिरे(वाल्टी)ले ६८४ मत प्राप्त गर्नु भएको छ। यस्तै सचिवमा गठबन्धन समूहका रेशम बहादुर थापा(करुवाले) ८२४ मत प्राप्त गरी विजयी हुनु भएको छ भने वहाँका निकत्तम प्रतिस्पर्धी माया थापा गौतम( बाल्टी) ६२३ मत तथा बालकृष्ण सापकोटा(धारा)ले १९४ मत प्राप्त गर्नु भएको छ।
यस्तै कोषाध्यक्ष पदका उमेद्वार निर्मला शर्मा(करुवा)ले ८५८ मत लिएर विजयी हुंदा वहाँका निकक्तम प्रतिस्पर्धी पवि परियार(वाल्टी)ले ६७७ मत प्राप्त गर्नु भएको छ भने गठबन्धन समूहबाट सहसचिव पदका उमेद्वार सुमित्रा बुढाथोकी(करुवा)ले ८३६ मत प्राप्तगरी विजयी हुनु भएको छ भने वहाँका निकक्तम प्रतिस्पर्धी विष्णु प्रसाद पराजुली(बाल्टी)ले ६२० र कोपिला पुन(गमला)ले १३५ मत प्राप्त गर्नु भएको निर्वाचन समितिले जानकारी दिएको छ।
१५ सदस्यिय नयाँ कार्य समितिको दलित महिला सदस्य पदका लागि गठबन्धन समूहका उमेद्वार इन्द्रा सुनार (करुवा)८५० मत लिएर विजयी हुन भएको छ भने वहाँका निकक्तम प्रतिस्पर्धी रहेका सुमित्रा बि.क.(पंखा)ले १२२ मत प्राप्त गर्नु भएको छ। यसैगरी जनजाती महिला सदस्य पदका उमेद्वार बविता राजकोटी(करुवा)ले ८४३ मत प्राप्त गरी विजयी हुनुभएको छ भने वहाँका निकक्तम प्रतिस्पर्धी कमला माया श्रीस(बाल्टी)ले ६८५ मत प्राप्त गर्नु भएको छ। खुल्ला सदस्य पदका लागि श्याम नारायण शर्मा (करुवा) ८१२, ईन्द्र बहादुर सुनार(करुवा)ले ८१८, राधिका भण्डारी(करुवा) ८०७, रण भारती(करुवा) ८१६, लोक बहादुर पुन(करुवा) ८२२, केशव बहादुर गाहा थापा(करुवा) ८१३, कुल बहादुर क्षेत्री(करुवा) ८२५ र लाल बहादुर कुवँर क्षेत्री(करुवा)ले ८०२ मत प्राप्त गरी विजयी हुनु भएको छ।
यस्तै सोही खुल्ला सदस्य पदकै लागि उमेद्वार रहेका गिता कुमारी गैरे सापकोटा(बाल्टी)ले ६३२, सुमित्रा न्यौपाने(बाल्टी)ले ६६५, हरि बहादुर खत्री(करुवा) ६५८, अमर बहादुर थापा(करुवा)ले ६६६, कलाधर शर्मा(करुवा) ६५४, युवराज पुरी(करुवा)ले ६५६, खडक बहादुर थापा मगर(करुवा)ले ६५३ र देब बहादुर बि.क.(करुवा) ६३६ मत प्राप्त गर्नु भएको छ। यसैगरी यम कुमारी कार्की(पंखा)ले ५४, दिल बहादु थापा(पंखा)ले ४१, तेज बहादुर दमाई(करुवा) ३२ र तारादेवी गन्धर्व(पंखा)ले २९ मत प्राप्त गर्नु भएको निर्वाचन समितिले जनाएको छ।
रुद्रपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थामा २ हजार ७ सय ११ उपभोक्ता संख्या रहेका छन भने निर्वाचनमा १९०५ जना उपभोक्ताले मात्र मतदान गरेका थिए। निर्वाचन समितिका अनुसार १९ मत मात्र वदर भएको थियो।
प्रकाशित मिति: २०२३-०५-२८ , समय : २३:४०:४६ , २ वर्ष अगाडि