सर्बेन्दर यादव , २७२ पटक हेरिएको
मर्चवार , जेष्ठ ४
रुपन्देही जिल्लाको सिमानाकाहरु बाट भारतीय गहुँको तस्करी दिन प्रतिदिन बढदै गएकोले नेपालका किसानहरुले आफुले उत्पादन गरेको गहुको उचित मुल्य पाउन सकेका छैनन। आफुले उत्पादन गरेका गहूको उचित मुल्य र बजार नपाउदा किसानहरु चिन्तित छन । गएको माघ फागुन तिर भारतबाट तस्करी गरी ल्याइएको गहुँको मुल्य भैरहवामा ६५ रुपैयाँ प्रति किलोको दरमा खरिद बिक्री भैरहेको ब्यापारीहरुको भनाइ छ। तर अहिले किसानहरुको आफ्नो गहु उत्पादन भएपछि गहुको मुल्य घटाएर ४२ रुपैयाँ प्रति किलोमा बिक्री हुदै आइरहेको छ । भारतीय गहुँको तस्करी दिनप्रति दिन मौलाउदै जादा नेपाली किसानहरुको गहुँको मुल्यमा पुनः गिरावट गरि ४० रुपैया प्रति किलोको दरमा गहुँको बिक्रि गर्न किसानहरु बाध्य भएका छन। विभिन्न किसिमका बेमौसमी हावाहुरी पानीको मार तथा मलखादको महगीको मार खाएर उत्पादन गरेको गहुँको उचित मुल्य नपाएपछि किसानहरु झन पीडित हुँदै गएका छन तर केहि तस्कर ब्यापारीहरु करोडौंको राजस्व छली गरी मोटाउदै गएका छन । भने स्थानिय तह लगायत सम्बन्धित निकाय मौन हुदा यस्तो कार्य बढदै गएको मर्चवारबासीको गुनासो छ।
प्रकाशित मिति: २०२३-०५-१८ , समय : २०:१८:५७ , २ वर्ष अगाडि