rupandehi khabar , ३१५ पटक हेरिएको
सैनामैना, जेठ ४
नेपाल पत्रकार महासंघ रूपन्देहीका कार्यसमिति सदस्य तथा साझा टेलिभिजन एच डिका स्टेसन म्यानेजर नवीन घिमिरेले जन्मदिनको अवसरमा पशुपति मावि सालझण्डी रुपन्देहीमा अक्षयकोष स्थापना गर्नुभएको छ । ४१ औं वसन्त प्रवेश गरेको अवसरमा पत्रकार घिमिरेले स्वर्गीय वुवा कान्तुराम घिमिरेको सम्झना र आमा टोपकला घिमिरेको सम्मानमा ५० हजार राशीको कान्तुराम टोपकला अक्षयकोष स्थापना गर्नुभएको हो । अक्षयकोषको ब्याजबाट आउने रकमले विभिन्न कालखण्डमा अभिभावक गुमाएका बालबालिकाहरूलाई छात्रबृत्ति प्रदान गरिने भएको हो । घिमिरेले प्रत्येक बर्ष बुवाको पुण्यतिथि र आफ्नो जन्मदिनमा अक्षयकोषमा रकम थप गर्दै जाने प्रतिवद्धता समेत जनाउनु भएको छ । कार्यक्रममा सैनामैना नगरपालिका वडा नं। १० का वडा अध्यक्ष कृष्णप्रसाद घिमिरेले पत्रकार घिमिरे र उहाँको परिवारको सकृयतामा स्थापना गरिएको अक्षयकोषले अभिभावक नभएकै कारण पढाइको अवसरबाट बञ्चित भैरहेका बालबालिकालाई शिक्षामा जोड्न महत्वपूर्ण सहयोग पुग्ने बताउनु भयो । उहाँले अक्षयकोष स्थापनाले समाजमा राम्रो काम गर्न चाहनेहरुलाई पनि प्रेरणा प्राप्त हुने विश्वास ब्यक्त गर्नुभयो ।
त्यसैगरी पशुपति माविका प्रधानाध्यापक हरि थापाले पत्रकार घिमिरे परिवारले स्थापना गरेको अक्षयकोष बाट विद्यालयमा अध्ययन गर्दै गरेका धेरै विद्यार्थीलाई सहयोग पुग्ने विश्वास ब्यक्त गर्नुभयो । उहाँले यो अक्षयकोष अभिभावक गुमाएका बालबालिकालाई ध्यानमा राखेर उनीहरुको शिक्षामा सहयोग पुगोस भन्ने उद्देश्यले स्थापना गरिएकोले अरु अक्षयकोष भन्दा पृथक हुने विश्वास ब्यक्त गर्नुभयो । अक्षयकोष घोषणा कार्यक्रम पशुपति माध्यमिक विद्यालयका अध्यक्ष भागिरथी घिमिरेको अध्यक्षतामा भएको थियो । उक्त अवसरमा सहायक प्रधानाध्यापक केदार सापकोटा र सल्लाहकार नरेन्द्र सोमरेले पत्रकार घिमिरे र उहाँको परिवारले अक्षयकोष स्थापना गरेर समाजलाई नयाँ उदाहरण दिनुभएको बताउँदै अभिभावक गुमाएका विद्यार्थीको शिक्षामा ठूलो सहयोग पुग्ने बताउनु भएको थियो । कार्यक्रमको सञ्चालन शिक्षक धातानन्द भुसालले गर्नुभएको थियो
प्रकाशित मिति: २०२३-०५-१८ , समय : १८:०३:४० , २ वर्ष अगाडि