बझाङमा शैक्षिक सुधार गर्न पालिकाका सबै प्रधानाध्यापक सँग अन्तरक्रिया

उत्तमकुमार थापा , १९६  पटक हेरिएको

बझाङ ,जेठ ३

शैक्षिक सुधार गर्न पालिकाका सबै प्रधानाध्यापक सँग अन्तरक्रिया कार्यक्रम छविस पाथिभेरा गाउँपालीकाले गरेको छ । स्थानीय सरकार छविसले आगामी दिनमा के कसरी शैक्षिक सुधार गर्नु पर्छ भन्ने सन्दर्भमा गाउँपालीका भरिका सबै प्रधानाध्यापकहरुलाई बाेलाएर गहन छलफल गरेको छ । आज एक कार्यक्रमका बिच गाउँपालीकाकाे सभाहलमा कार्यक्रम गरेको शिक्षा शाखाले जनाएको छ ।

गुणस्तरीय शिक्षा आजको आवश्यकतालाई सरकारले प्राथमिकता दिएकाे छ । पछिल्लो समय सरकारी बिद्यालयहरुमा बिद्यार्थी सँख्या घट्नुकाे कारण बारे गहन छलफल गर्नु भएको थियाे । कतिपय ठाउँमा शिक्षकको लापरबाही पनि देखा परेको छ । विद्यार्थी भन्दा शिक्षक बढी भएको विद्यालयमा के कसरी जान सकिन्छ भन्ने शन्दर्भमा पनि छलफल भएको गाउँपालीका अध्यक्ष बसन्त चलाउनेले बताउनु भएको छ।

उहाँले भन्नू भयाे,हाम्रो चेतना जाग्न जरुरी देखिन्छ,आफू पढाउने बिद्यालयमा आफ्ना छाेराछाेरी पढाउनु अनिर्वाय देखिन्छ । शिक्षा सुधारका लागि आज प्रधानाध्यापकहरु याहाँ बाेलाएका छाै । हामी शिक्षालाई सुरमा लैजान चाहान्छाै । शिक्षामा देखिएको समस्या समाधान गर्न केही समय लाग्ला तर हामी सबै लागाै सुधार गराैँ , यता प्र अहरुले विभिन्न विदामा सल्लाह सुझाव दिनु भएको थियाे ।

प्रकाशित मिति: २०२३-०५-१७ , समय : २२:४५:५२ , २ वर्ष अगाडि