नेपाल पत्रकार महासंघ नवलपरासीको संस्था शुद्धीकरण अभियानको लागि समिति गठन

गौरीशंकर जयसवाल , २३६  पटक हेरिएको

परासी, जेठ ३

नेपाल पत्रकार महासंघ जिल्ला शाखा पश्चिम नवलपरासीले संस्था शुद्धीकरण अभियानको लागि समिति गठन गरेको छ । महासंघको ९ ओैँ बैठकले संस्था शुद्धीकरणको लागि अभियान अन्तर्गत सस्था शुद्धीकरण एवं सदस्य विवरण संकलन समिति गठन गरेको हो ।
सस्था शुद्धीकरण एवं सदस्य विवरण संकलन समितिको संयोजक पत्रकार महासंघका पुर्व सभापति एवम् शाखाका सल्लाहकार केशव पराजुलीको संयोजकत्वमा तीन सदस्य समिति गठन गरिएको शाखा अध्यक्ष हरि शर्माले जानकारी दिनु भएको छ ।

समितिको सदस्यमा पत्रकार महासंघका कार्यसमिति सदस्य अनिल यादव र महासंघका साधारण सदस्य नारायण भण्डारीलाई चयन गरिएको अध्यक्ष शर्माले बताउनु भयो ।

उक्त समितिलाई महासंघको सदस्य विवारण संकलनको गर्नको लागि एक हप्ताको समय सिमा दिएको शर्माले बताउनु भयो । सस्था शुद्धीकरण एवं सदस्य विवरण संकलन समितिको संयोजक केशव पराजुली (पुर्व सभापति) लाइ जिम्मेवारी सुम्पिदै महासंघका अध्यक्ष हरि शर्माले समितिलाई एक हप्ता भित्र विवरण सहितको प्रतिवेदन बुझाउने जिम्मेवारी समेत दिईएको महासंघका कोषअध्यक्ष प्रकाश न्यौपाने बताउनु भएको छ ।

परासीमा सम्पन्न केन्द्रीय समिति बैठकको निर्णयअनुसार अन्तिम रुप दिइएको नेपाल पत्रकार महासंघको सदस्यता शुद्धीकरण मापदण्ड पूर्णरुपमा कार्यान्वयन गर्ने क्रममा नवलपरासी पत्रकार महासंघबाट अहिलेसम्म १४ जनाले सदस्यता त्यागको स्वघोषणा गरेको महासंघका शाखा सचिव राजकुमार रेश्मीले जानकारी दिनु भएको छ ।

उहाको अनुसार बैठकले यहि जेठ ६ गते महासंघको सदस्यता त्यागको स्वघोषणा गर्ने सदस्यलाई महसंघ केन्द्रीय महासचिव एंव शुद्धीकरण अभियानका संयोजक,लुम्बिनी प्रदेश अध्यक्ष, महासचिव लगाएतको उपस्थितिमा सम्मान पत्रले सम्मानित गर्ने निर्णय गरिएको र सदस्यता त्यागको स्वघोषणा गर्ने सबैप्रति महासंघले आभार समेत व्यक्त गरेको शाखा सचिव रेश्मीले बताउनु भएको छ । महासंघमा आबद्ध सदस्यहरू ८६ जना रहेको शाखाले जनाएको छ ।

प्रकाशित मिति: २०२३-०५-१७ , समय : ११:०२:०० , २ वर्ष अगाडि