रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको फोहोरमैला व्यवस्थापन दीर्घकालीन गर्न जरुरी

पार्वती थारु , ३८२  पटक हेरिएको

भैरहवा , जेठ २

रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले अभियानकै रुपमा चलाएको नगर सरसफाइ अभियानले सिद्धार्थनगर अहिले निकै सुन्दर र पर्यटकीय स्थल बन्ने आकर्षणको केन्द्रविन्दु बन्न थालेको छ । वि.स. २०६९ सालदेखि नगर सरसफाइको अभियान सुरु गरेको नगरपालिकाले आजसम्म आइपुग्दा फोहोरमैला व्यवस्थापनमा निकै सक्रिय देखिन्छ । कुल १३ वटा वडा रहेको सिद्धार्थनगर नगरपालिकाले १२ हजार ३ सय २९ राष्ट्र्र्रिय जनगणना २०७८ को प्रारम्भिक प्रतिवेदन अनुसार घरधुरीको फोहोर उठाउने गरेको छ । फोहोर उठाउनका लागी नगरले कुल १ सय ५ जना कर्मचारी परिचालन पनि गरेको छ । फोहोर व्यवस्थापनका लागी सिदार्थनगर नगरपालिकाको वार्षिक नगर विकास योजनामा ३ करोडको बजेट सरसफाइका लागी छुट्याएको छ । “घर भित्रको होस या व्यवसाय गर्दाको होस दैनिक रुपमा फोहोर उत्पादन हुदाँ र फाल्ने ठाउँ नै घर अगाडि हुदाँ निकै समस्या थियो । तर अहिले घरमै फोहोर उठाउने गाडी आउछँ , फोहोरहरु एक बोरामा राखेर त्यही गाडीमा फाल्ने गरेको छु । पहिला फोहोरले हिड्न मन नलाग्ने यो पुरानो गाँउ भैरहवा अहिले सफा देखिन्छ । गन्ध आएको छैन , हप्ताको १ दिन गाडी फोहोर लिन आउँछ । त्यसैमा फाल्ने गरेको छु”, भन्नु हुन्छ सिद्धार्थनगर नगरपालिकाको वडा नं ७ का स्थानीय मेवाती नाउँ ।
“सरसफाइ आभियानमा फोहोरमैला व्यवस्थापनका लागी फोहोर लिन गाडी नआउदा , घरकै अगाडि फोहोर थुप्रिन्थ्यो, त्यो फोहोरको दुगन्र्धले घिन लाग्ने , खाना खान मन नलाग्ने हुन्थ्यो तर अब त्यस्तो छैन सफा भएको छ ”, धेरै राम्रो लागेको छ । स्थानीय ज्ञानमती यादवले बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ ( “ फोहोर जम्मा गर्दै फोहोरको गाडीमै फाल्ने गरेको छु ”।

सिद्धार्थनगरको नगर सरसफाई अभियानले धेरै हदसम्म फोहोरमैला व्यवस्थापन भएको छ । यसले यहाँ त सफा भएको छ । तर के ? जहाँ नगरपालिकाले फोहोर फाल्ने गरेको छ , त्यहा कसैको नजर गएको छ त ? कही कतै , कसैलाई असर गरिरहेको छैन ? सोच्नुपर्नै विषय बनेको छ । यसविषयमा पनि नगरपालिकाले ध्यान दिन जरुरी छ भन्ने विचार राख्नुहुन्छ । भैरहवामा कपडा व्यवसाय गर्दै आउनुभएका व्यवसायी कृष्णा पौडेल । उहाँ फेरि भन्नु हुन्छ “,नगर सरसफाइ अभियानले सिद्धार्थनगर त सफा भयो तर यो अस्थायी रुपमा भयो , दीर्घकालीन रुपमा व्यवस्थापन हुन जरुरी छ , नगरबाट उठेको फोहोरमैलाको ” ।
यस्तै भैरहवामा ५ वर्षदेखि व्यवसाय गर्दै आउनु भएको अर्का अतेन्द्र गुप्ताले नगर सफा हुदा सबै भन्दा धेरै फाइदा त हामी नागरिकलाई नै भएको खुसी सुनाउदै अलिकति व्यवस्थित तरिकाले व्यवस्थापन भए अझ राम्रो हुन्थ्यो , भन्ने विचार राख्नु भयो । फोहोर उठाउन सकिने तरिकाले कुनै बोरा , भाडा, वा समाग्रीमा राखेर फालेको भए यसरी दुगन्र्ध त आउने थिएन ” । आधा राती आएर सड्ेगलेका ,कुहिएका फोहोरलाई भुईमै खुल्ला तरिकाले फालिदिदाँ निकै अप्ठ्यारो हुने गरेको बताउनु भयो । सिद्धार्थनगर नगरपालिकाले फोहोर व्यवस्थापनका लागी चलाएको कदम निकै सराहनीय छ । जनस्तरबाटै जब फोहोरको उत्पादन कम हुन्छ , तब फोहोर मैला व्यवस्थापनका लागी अझ टेवा पुग्छ । भैरहवा निवासी निर्मला गुप्ताले त ठाउँठाउँमा डस्टवीनको व्यवस्था भए अझ बाटो हिड्नेलाई फोहोर सही ठाउमा राख्न प्ररणा पुथ्यो नि १ तर त्यसो भएको छैन । जथाभावी फोहोर फालिदिदाँ पानी जाने नाला भरिएको छ । लामखुट्टे उस्तै छन गन्हाउने पानी । के गर्ने एक जनाले गरेर हुदैन यसका लागी त सबै जान आफैले फोहोर कम उत्पादन गर्नै फोहोरलाई नालामा खोलामा नफाल्ने र अरुलाई फाल्न पनि नदिने गर्न सकियो भने बल्ल परिर्वतन भयो है भन्ने लाग्छ” । ठीकै छ नगरपालिकाले गरिरहेकै छ भनेर नागरिक आफैले जागरुक हुनुपर्ने देखिन्छ ।

नगरपालिकाले नगरबाट उठाइएका फोहोरमैलालाई सिनपा वढा नं १ डण्डा खोलाको नजिकको ठाउमा विस्थापन गरिदै आएको छ । कतिपय अवस्थामा फोहोर जथाभावी फाल्नेलाई सिद्धार्थनगर नगरपालिकाले , नगर प्रहरी परिचालन गरी फोहोर उचित रुपमा व्यवस्थापन गर्नका लागी सुसूचित गर्नै गरेको पनि छ ।

तर उता सिद्धार्थनगर नगरपालिकाका सामाजिक विकास शाखा अन्र्तगत वातावरण तथा सरसफाईका छैठौ तहका अधिकृत केशवप्रसाद पौडेलका अनुसार सिद्धार्थनगर नगरपालिकाको सबै वडामा फोहोर मैला व्यवस्थापन गर्ने गरेको छ । सिद्धार्थनगर नगरभित्रको मुख्य सडकमा सधै फोहोर उठाउने गाडी जान्छ भने भित्री बाटोमा हप्ताको एक दिन उठाउने कार्य गर्दै आएको छ । तर कतिपय अवस्थामा फोहोर मैला व्यवस्थापन सिद्धार्थनगर नगरपालिका कार्यालयको आयोजनामा वृहत नगर सफाइ अभियानमा घरदैलो कार्य गरेकाले नगर सफा हुन पुगेको छ ।

नागरिकलाई वेला बेलामा सरसफाइको विषयमा जागृत गराउने गरेका छौ । पहिलाको भन्दा फोहोरमैला धेरै व्यवस्थापन भएको छ । तर यसलाई पुर्ण प्रदान गर्नका लागी नागरिकको साथ र सहयोगको खाचो छ । फोहोरको व्यवस्थापनको जिम्मेवारी पुरा गरे नगरेको नागरिकले अनुगमन र चासो देखाउन जरुरी छ । सिद्धार्थनगर नगरपालिकाले बनाएको कार्यनीतिको नागरिकले पनि पालना गर्न आवश्यक छ । सिद्धार्थनगर नगरपालिकाको फोहोर मैला व्यवस्थापन ऐन २०७४ मा पनि सरल सहज रुपमा फोहोरमैला व्यवस्थापनका लागी विभिन्न कार्यनीतिहरु उल्लेख गरिएका छन । जसमध्ये खुल्ला रुपमा , जथाभावी फोहोर फाल्नेलाई कारवाही गर्दै दण्ड सजायको पनि व्यवस्था भएको छ । तर सकभर नागरिकलाई जागरुक र सचेत गराउदै फोहोरमैला व्यवस्थापनमा सहयोग पुग्छ भने दण्ड र सजाय किन गर्ने ? भन्ने कुरा पौडेलले भन्नु भयो ।
रोग लागेपछि उपचार गर्नु भन्दा रोगै लाग्न नदिनु बुद्धिमत्तापूर्ण कार्य भएझै फोहर भएपछि त्यसको व्यवस्थापन गर्नु भन्दा फोहर उत्पादन सकभर नगर्नु नै सर्वाेत्तम उपाय हो । घरेलु, व्यवसायिक, औद्योगिक कृषिजन्य र फोहोरमैलाले वातावरणलाइ पुर्ण रुपमा त असर पपरेको हुन्छ नै साथै सामाजिक , राजनैतिक र शारीरीक स्वास्थ्यमा पनि प्रभाव पार्दछ ।
नेपाल र भारतको सिमाना सगँ जोडिएको मुख्य नाका भएको र अन्र्तराष्यि गौमतबुद्ध विमानस्थल , पर्यटकीय, व्यापारीक र औद्योगिक केन्द्रको रूपमा स्थापित भैरहवाको फोहोरमैला व्यवस्थापनमा स्थानीयकै मुख्य भुमिका हुनुपर्छ । प्रमुख चुनौतीका रुपमा रहेका फोहोरमैला व्यवस्थापन सरकारको मात्र दायित्व नभई प्रत्येक नागरिकको कर्तव्य पनि हो । स्थानीय तहहरूले निजी उद्योगी तथा व्यवसायी, गैरसरकारी सङ्घसंस्थाहरू तथा आम नागरिकसँगको सहकार्य र समन्वयबाट फोहोरमैला व्यवस्थापनमा मितव्ययितता, कार्यदक्षता, प्रभावकारिता र दिगोपना हासिल गर्न सक्दछन ।

प्रकाशित मिति: २०२३-०५-१६ , समय : १९:१०:४१ , १ वर्ष अगाडि