स्थानीय तहको निर्वाचन निर्दलिय बनाउनु पर्छ : त्रिपाठी

प्रकाश न्यौपाने , ४३८  पटक हेरिएको

नवलपरासी, जेठ १२

जनता प्रगतिशील पार्टीका अध्यक्ष तथा सांसद हृदेयश त्रिपाठीले स्थानीय तहको निर्वाचनबाट दलीय व्यवस्था हटाउनुपर्ने बताउनु भएको छ ।

हालै भएको स्थानीय तहको निर्वाचनमा काठमाडौँ, धरान लगायतका निर्वाचन क्षेत्रको उदाहरण दिँदै उहाले सुशासन बढाउनका लागि पनि यो आवश्यक भएको बताउनु भयो । उहाका अनुसार-” देशलाई भष्ट्चार मुक्त बनाउनकक लागि दलिय व्यवस्था बाधक भएको बताउदै उहाले दलिय व्यवस्थाका कारण स्थानीय तहमा भष्टचारले थप प्रसय पाएको बताउनु भयो ।

देशलाई सुशासनको बाटोमा डोर्‍याउन पनि स्थानीय तहमा निर्दलिय बनाउनु पर्ने उहाको भनाइ छ । स्थानीय तह निर्वाचनमा दलविहीन भयो भने जनताले सही व्यक्तिलाई मत हाल्न पाउने समेत जानकारी दिनु भयो ।

प्रकाशित मिति: २०२२-०५-२६ , समय : २३:२२:३८ , २ वर्ष अगाडि