फरार सूचीमा रहेका एमाले सचिव रायमाझीको घरमा प्रहरीको छापा

rupandehi khabar , १९४  पटक हेरिएको

काठमाडौं, बैशाख २६

फरार सूचीमा रहेका एमाले सचिव टोपबहादुर रायमाझीको घरमा प्रहरीले मंगलबार दिउँसो छापा मारेको छ ।नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि फरार भएका रायमाझीको सातदोबाटोस्थित घरमा प्रहरीले छापा मारेको हो ।

अदालतबाट पक्राउ पुर्जी जारी भएपछि सम्पर्कविहीन भएका रायमाझी पक्राउ गर्न काठमाडौं र ललितपुरको प्रहरी टोलीले उनको घर छापा मारेको हो । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले वैशाख २० गते रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । उनका छोरो सन्दीप रायमाझी सोही दिन बुटवलबाट पक्राउ परेका थिए। तर उनी भने काठमाडौं आउँछु भनेर गुल्मीबाट हिँडेकोमा एकाएक सम्पर्कविहीन भएका थिए । उनी फरार भएपछि प्रहरी प्रधान कार्यालयले पक्राउ गर्न सबै जिल्लामा सर्कुलर गरेको छ ।

प्रकाशित मिति: २०२३-०५-०९ , समय : १८:४४:३८ , १ वर्ष अगाडि