रुपन्देही खबर , २०० पटक हेरिएको
गण्डकी, बैशाख २२
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेशसभाबाट विश्वासको मत पाउनु भएको छ। गण्डकी प्रदेशसभाको बिहीबारको बैठकमा उहाले मागेको विश्वासको मतको प्रस्तावका पक्षमा ३५ मत प्राप्त भएको हो । उहालाई नेपाली कांग्रेसका २७, नेकपा माओवादी केन्द्रका सात र नेकपा एकीकृत समाजवादीको एक गरी ३५ मत प्राप्त भएको छ ।
प्रस्तावका विपक्षमा नेकपा एमालेका २२ प्रदेशसभा सदस्यको मत परेको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई जना प्रदेशसभा सदस्य तटस्थ बसेका थिए ।
प्रदेशको मुख्यमन्त्रीमा यही वैशाख १४ गते नियुक्त भएका पाण्डेले १५ गते पद तथा गोपनीयताको शपथ लिएका थिए । विश्वासको मत पाएसँगै पत्रकारसँगको भेटघाटमा मुख्यमन्त्री पाण्डेले अब सरकारका काम तीव्ररूपमा अघि बढ्ने बताउनु भएको छ । मन्त्रिपरिषद्लाई चाँडै नै पूर्णता दिने बताउँदै उहाले यस सम्बन्धमा गठबन्धनका दलबीच छलफल भइरहेको जानकारी दिनु भयो ।
प्रकाशित मिति: २०२३-०५-०५ , समय : ०७:२८:५८ , २ वर्ष अगाडि