उत्तमकुमार थापा , १८९ पटक हेरिएको
बझाङ, बैशाख २१
बझाङमा आर्थिक बर्ष २०८०/०८१ का लागि बजेट तथा कार्यक्रम तर्जुमा कार्यशाला गाेष्ठी सञ्चालन भएको छ । आज जिल्ला समन्वय समितिकाे सभाहलमा सञ्चालन भएको गाेष्ठीमा सुदुरपश्चिम प्रदेश क्षेत्र नम्बर १ का साँसद पृथ्वी बहादुर सिँहकाे अध्यक्षतामा सुदुरपश्चिम प्रदेशका सभामुख भिमबहादुर भण्डारी प्रमुख अतिथि जिल्ला समन्वय समिति सँयाेजक नरबहादुर बाेहरा उपप्रमुख कृष्ण बिष्ट लगायत ७ वटा स्थानीय तहका जनप्रतिनिधिहरु रहनुभएकाे थियाे ।
कार्यक्रम प्रमुख अतिथि तथा सुदुरपश्चिम प्रदेशका सभामुख भिमबहादुर भण्डारीले दिप प्रजलन सहित उद्घघाटन गर्नुभएको हाे । सुदुरपश्चिम प्रदेशले अधिवेशन सुरु हुनु पुर्व कुन र कस्ता याेजनाहरुलाई प्राथमिकता दिनु पर्छ । जनताको आवश्यकता परेका याेजनाहरु स्थानीय स्तरबाट आउनु पर्ने भन्दै कार्यक्रम गर्नुभएको सभामुख भिम बहादुर भण्डारीकाे भनाइ थियाे ।
सुदुरपश्चिम प्रदेशले विगतको जस्तो याेजना नहुन दिन र जनगुनासा नआउन दिन सबैको जनचाहना अनुरुपनै काम गर्न लागेको दावी गर्नु भयाे । सभामुख भण्डारीले सबै जनप्रतिनिधि र कर्मचारीहरुलाई जनताको आवश्यकता अनुरुपका दिगो हुने याेजना छनाेट गरेर पठाउन पनि अनुराेध गर्नु भएको थियाे । कार्यक्रम सञ्चालन भने,सामाजिक विकास कार्यालय बझाङका कार्यालय प्रमुख बिरबहादुर धामीले सञ्चालन गर्नुभएको हाे ।
प्रकाशित मिति: २०२३-०५-०४ , समय : १९:४५:०६ , २ वर्ष अगाडि