नवलपरासीको बर्दघाटमा सवारी साधन दुर्घटना हुदा ११ जना घाइते

प्रकाश न्यौपाने , ४९०  पटक हेरिएको

नवलपरासी ,जेठ ११

पूर्वपश्चिम राजमार्ग अन्तर्गत पश्चिम नवलपरासीको बर्दघाट स्थित दाउन्ने एस माेड भन्दा १ सय मिटर उत्तरमा सवारी दुर्घटना हुदा ११ जना घाईते भएका छन् ।

काठमाडौ देखि बुटवल तर्फ आउँदै गरेकाे लु १ ख ८७७१ नम्बरकाे बस र एच ए ०४ ईएल ७८६० नम्बरको क्लिङकर बाेकेकाे ईन्डियन ट्रक एक आपसमा ठोक्किदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय बर्दघाटका प्रमुख कृष्ण प्रसाद घिमिरेले जानकारी दिनु भयो ।

दुर्घटनाबाट घाइते भएकाहरुलाई प्राथमिक उपचारका लागि अहिले चिसापानी अस्पतालमा लगिएको छ । घाईतेहरू मध्ये ९ जनाकाे अबस्था सामान्य रहेकाे र २ जनाको अवस्था मध्यम रहेको ईलाका प्रहरी कार्यालयले जानकारी दिएकाे छ ।

प्रकाशित मिति: २०२२-०५-२५ , समय : १०:०६:३८ , २ वर्ष अगाडि