शिक्षा र स्वास्थ्यमा ओमसतिया गाउँपालिकालाइ एउटा नमुना गाउपालिकाको रुपमा बिकास गर्ने नवनिर्वाचित अध्यक्ष यादवको प्रतिबद्धता

रुपन्देही खबर , ३७७  पटक हेरिएको

भैरहवा, जेठ १०

रुपन्देहीको ओमसतिया गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष मन्जित कुमार यादव (सोनु) र उपाध्यक्ष सुनिता चौधरीले पदभार ग्रहण गरेका छन् । सोमबार पदभार ग्रहण गर्दै अध्यक्ष यादवले शिक्षा र स्वास्थ्यमा ओमसतिया गाउँपालिकालाइ एउटा नमुना गाउपालिकाको रुपमा निर्माण गर्ने प्रतिवद्धता जनाउनु भएको छ ।

उहाले पहिलो निर्णय नै शिक्षा र स्वास्थ्यमा आधारित रहेर गर्नु भएको छ भने पदभार ग्रहण गर्दै उहाले दुई वटा निर्णय पनि गर्नु भएको छ । गाउँपालिका भित्रका सामुदायिक विद्यालयमा अध्ययन गर्ने १ देखि ५ कक्षासम्मका विद्यार्थीहरुलाई झोला बितरण र पोषणयुक्त खानाको ब्यवस्थापनमा गाउँपालिका लाग्ने बताउनु भएको छ ।

यादवले ओमसतियाका आम जनताको हितमा आफूले सधै काम गर्ने बताउनु भयो । उहाले गाउँपालिकालाई शिक्षित र स्वस्थ बनाउनको लागी आफ्नो कार्यकालमा बिभिन्न कार्यक्रम अघि बढाउने जानकारी दिनु भयो ।

यस्तै उपाध्यक्ष सुनिता चौधरीले गाउँपालिकामा रहेर आफूले इमान्दारिता पूर्वक जनताको हितमा काम गर्ने बताउनु भयो । उहाले ओमसतियामा सबै जनप्रतिनिधि मिलेर काम गर्ने बताउनु भयो ।

प्रकाशित मिति: २०२२-०५-२४ , समय : १०:५५:५४ , ३ वर्ष अगाडि