सुडानबाट आफ्ना नागरिक र विदेशीलाई साउदी अरेबियाद्वारा उद्धार

शहबाज खान , २४६  पटक हेरिएको

कपिलवस्तु ,बैशाख १३

साउदी अरेबियालले आफ्ना अलपत्र नागरिकलाई उद्धार गरेको छ । सुडानमा दुई प्रतिद्वन्द्वी सेनाहरू बीचको तीव्र लडाइँ भएको एक हप्तापछि साउदी अरेबियाले सुडानबाट आफ्ना अलपत्र नागरिकहरूलाई उद्धार गरेको हो । साउदी अरेबियाले सुडानबाट आफ्नो नागरिक उद्धार गर्ने पहिलो देश बनेको छ ।

साउदी परराष्ट्र मन्त्रालयले साउदी नागरिकसँगै “मित्र राष्ट्रका धेरै नागरिकहरू“ लाई उद्धार गरिएको बताइएको छ । रोयल साउदी नौसेना बल (च्क्ल्ँ)ले शनिबार सुडानबाट नागरिक, अन्य देशहरुका नागरिक, कूटनीतिज्ञ र अन्तर्राष्ट्रिय अधिकारीहरूलाई उद्धार अपरेशन गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार “कुवेत, कतार, युएई, इजिप्ट, ट्युनिसिया, पाकिस्तान, भारत, बुल्गेरिया, बुल्गेरिया, फिलिपिन्स, क्यानडा, बंगलादेश र बुर्किना फासोका ६६ जनालाई उद्धार गरिएको छ । “ सुडानबाट उद्धार गरिएको साउदी नागरिकको संख्या ९१ जना रहेको छ ।

मन्त्रालयका अनुसार साउदी नेतृत्वको निर्देशनको कार्यान्वयनमा जेद्दाहमा सबै साउदी नागरिक र अन्य देशका नागरिकहरु सकुशल आइ पुगेका छन् । साथै साउदी अरेबियाले विदेशी नागरिकहरूलाई उनीहरूको देशमा प्रस्थान गर्ने तयारीका लागि सबै आवश्यकता उपलब्ध गराइएकोे छ ।

प्रकाशित मिति: २०२३-०४-२६ , समय : ०९:४५:२५ , २ वर्ष अगाडि