रुपन्देही खबर , ६९१ पटक हेरिएको
सुनवल, जेठ १०
सुनवल नगरपालिका वडा नम्बर २ का नवनिर्वाचित वडाध्यक्ष राजेन्द्र यादवले पदभार ग्रहण गरेका छन्।
वैशाख ३० गते स्थानीय तहको निर्वाचनमा वडाध्यक्षमा निर्वाचित उनले र वडा सदस्यमा निर्वाचित लक्ष्मी कुमारी हरिजन, बिकाश क्षेत्री, पशुपति मगर र यशोधरा शर्मा भट्टराई सहित सोमबार वडा कार्यालयमा पुगेर पदभार ग्रहण गरेका हुन् ।
पदभार सम्हाल्दै उनले वडामा आउने सेवा ग्राहिहरुलाइ निशुल्क रुपमा निवेदन फारम बितरण गर्ने निर्णय गरेका छ्न ।
आफूले वडाको विकासका लागि पाँच वर्षे गुरुयोजना तयार पारेको बताउँदै यादवले भने अबको पाँच वर्षमा यो वडालाई कस्तो बनाउने, कसरी विकास गर्ने मैले योजना बनाएको छु’ । उनले वडाभित्र विशेष गरी शिक्षा, स्वास्थ्य, र कृषि क्षेत्रको विकासमा जोड दिने बताए ।
सोही क्रममा वडा कार्यालयले निवर्तमान वडा अध्यक्ष र सदस्यलाई बिदाइ तथा नवनिर्वाचित वडाध्यक्ष तथा सदस्यहरुलाई स्वागत एवं सम्मान गरेको थियो ।
प्रकाशित मिति: २०२२-०५-२४ , समय : ०८:५१:३० , ३ वर्ष अगाडि