उर्मिला यादव यात्री, सर्बेन्दर यादव , ६०० पटक हेरिएको
भैरहवा , बैशाख ११
पछिल्लो समय रुपन्देहीको मर्चवारमा गहु तस्करी बढदै गएको छ । मर्चवारी गाउपालिका वडा नम्बर ६ भिलराहवाघाट र बैरिहवा बोर्डरबाट अबैध रुपमा भारतबाट नेपालमा गहु तस्करी हुदै आएको छ । गहु तस्करीमा त्यहाका स्थानिय बालबालिकाहरुलाई प्रयोग गरीएको नाम नबताउने शर्तमा एक स्थानियले बताएका छन । मर्चवारी ६ कै ठुलाबडा मानिसले भारतबाट भन्सार छली गरी केटाकेटीको प्रयोगबाट गंहु नेपालमा भित्राउने गर्छन उनले भने ।
प्रहरीको मिलोमतोमा बर्षौै देखि मर्चवारमा करोडौ रुपैयाको गहु तस्करी हुदै आएको छ । भारतबाट भन्सारको छली गरी नेपाल भित्राइएको गहु रातारात टयाक्टरमा लोड गरी भैरहवाको बिभिन्न गल्ला भण्डारहरुमा पुरयाउने गरीएको छ । भारतबाट भन्सार छली नेपालमा भित्राइएको गहुको बोरा परिर्वतन गरी मर्चवारका किसानहरुबाट खरिद गरी वा आफनो गोदामबाट निकासी गरेको भनेर गहुकोे एक नम्बरको बिल बनाएर भैरहवाको गल्ला भण्डारहरुमा बिक्री गर्दै आएको एक स्थानियले बताएका छन । भारतबाट प्रति किलो २२ रुपैयाको दरमा गहु खरिद गरी भैरहवाको बिभिन्न गल्लाहरुमा प्रति केजी ४२ रुपैयाको दरमा गहु बिक्री हुदै आएको उनले भने ।
पटक पटक प्रहरीले अबैध तस्करी गरी ल्याइएको गहु गोदाममा छापा मारे पनि उनीहरुलाई बिना कारवाही नै छोडने गरेको त्यहाका स्थानियको गुनासो छ । मर्चवारमा खुला सिमानाका कारण एकातिर अबैध तस्करी मौलाएको छ भने तस्करीमा बालबालिकालाई प्रलोभन देखाइ उनीहरुको भबिष्य माथि नै खेलवाड गरीएको छ । मर्चवारमा तस्करी रोक्न नसक्नु नै प्रहरीको ठुलो भुमिका रहेको मर्चवारी गाउपालिका वडा नम्बर ६ का स्थानियको गुनासो छ ।
प्रकाशित मिति: २०२३-०४-२४ , समय : १२:२२:५५ , २ वर्ष अगाडि