रुपन्देहीको भैरहवामा चैतन्य जागरण २४ कुण्डीय गायत्री महायज्ञ २०८० हुने

उर्मिला यादव यात्री , ४०१  पटक हेरिएको

भैरहवा , बैशाख ५

रुपन्देहीको भैरहवामा चैतन्य जागरण २४ कुण्डीय गायत्री महायज्ञ २०८० हुने भएको छ । गायत्री परिवार भैरहवा रुपन्देहीको आयोजनामा यहि बैशाख १४ गते देखि १७ गतेसम्म सिद्धार्थनगर १३ महेन्द्र सभागृह अगाडि चार दिनसम्म महायज्ञ हुने भएको हो । कार्यक्रमको बारेमा जानकारी दिने उदेश्यले आज भैरहवामा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै गायत्री परिवार भैरहवा रुपन्देहीका अध्यक्ष जगरनाथ प्रसाद अग्रहरीले बिश्व शान्तिको कामना संगै सुख, शान्ति, समृद्धिको लागी मात्र नभइ गायत्री मन्त्रप्रतिको चेतनाका लागी साथै सकरात्मक सोचलाई अगाडी बढाउनका लागी महायज्ञको आयोजना गर्न लागिएको बताउनु भयो ।

रुपन्देहीको भैरहवामा दोस्रो पटक हुन गइरहेको २४ कुण्डीय गायत्री महायज्ञले यस क्षेत्रको धार्मिक पर्यटनमा समेत बढावा दिने अग्रहरीले बिश्वास ब्यक्त गर्नु भएको छ । उहाले यस क्षेत्रमा १०८ कुण्डीय महायज्ञ सम्पन्न गरीसकेको बताउदै गायत्री महामन्त्रको महत्व दर्साउन लागी पुन महायज्ञ आयोजना गर्न लागिएको बताउनु भयो ।

यस्तै गरी पत्रकार सम्मेलनमा शान्तिकुन्ज हरिद्धारका प्रतिनिधी गुरु बिरेन्द्रले गायत्री मन्त्र सदबुद्धिको महामन्त्र भएकोले यसले मानिसमा सदबुद्धि दिने बताउनु भएको छ । उहाले गायत्री महायज्ञले बिश्व शान्तिका साथै मानिसमा भएको नकरात्मक सोचलाई हटाइ सकरात्मक बाटोमा हिडन प्रेरणा दिने बताउनु भयो । उहाले मानिसमा हराएको देवत्व यस महायज्ञबाट पुन जागृत हुने बिश्वास ब्यक्त गर्नु भएको छ । उहाले हिन्दु संस्कृति नै एउटा यस्तो संस्कृति हो जसले पुरै मानवतालाई नै जोडेको बताउनु भयो । उहाले हिन्दु धर्म संस्कृति सबैको गहना भएकोले यसको संरक्षणमा पनि जोड दिनु भएको छ । यस्तै गरी गायत्री परिवार भैरहवा रुपन्देहीका सचिव श्रीराम गुप्ताले बैशाख ९ गते बिहान आठ बजेदेखि भुमिपुजन गरी महायज्ञको सुरुवात गरिने बताउनु भएको छ । उहाले बैशाख १४ गते बिहान ८ बजेदेखि पवनमंगल कलश पुजन गरी २५१ कलशयात्राले नगरपरिक्रमा गर्नुका साथै बिशाल झांकीसहित कार्यक्रमको सुरुवात गरिने बताउनु भयो । उहाले बैशाख १५ गते बिहान ६.३० बजेदेखि सात बजेसम्म सामुहिक जप, ध्यान योग हुनुका साथै आठ बजेदेखि गायत्री महायज्ञ हुने बताउनु भयो । उहाले महायज्ञमा दैनिक संगीत प्रवचन, प्रज्ञा, बिभिन्न संस्कार लगायत कार्यक्रम हुने समेत जानकारी दिनु भयो ।

यस्तै गरी लुम्बिनी प्रेस क्लबकी अध्यक्ष सम्झना शर्माले धर्म संस्कृति हाम्रो राष्ट्रको पहिचान भएको बताउदै यसलाई राष्ट्रको सम्पत्तिको रुपमा संरक्षण गर्न सकिने बताउनु भएको छ । उहाले धर्म संस्कृति पुस्तामा हस्तान्तरण हुने भएकोले यसको संरक्षण गर्नुपर्ने बताउनु भयो । उहाले धर्मले मानिसलाई अनुशासित बनाउनुका साथै एकअर्कामा भावनात्मक सम्बन्ध पनि मजबुत बनाउदै आएको बताउनु भयो । गायत्री परिवार भैरहवाका सहसचिव रबिकान्त उपाध्यायको स्वागत रहेको मन्तब्य रहेको कार्यक्रमको संचालन सचिव श्रीराम गुप्ताले गर्नु भएको थियो ।

प्रकाशित मिति: २०२३-०४-१८ , समय : २३:००:१५ , २ वर्ष अगाडि