उत्तमकुमार थापा , ३८५ पटक हेरिएको
बझाङ, बैशाख ५
सुदुरपश्चिम प्रदेशको पहाडी जिल्ला बझाङकाे सुर्मा गाउँपालीका वडा नम्बर २ काे घाेगाडामा खानेपानी पुगेको छ । दशकाै बर्ष देखि पानीको समस्या झेल्दै आएका घाेगाडाका स्थानीयले खानेपानी पाएका छन । हिमालकाे छेउमा रहेको मुहान ठाडे देखि ल्याएको मुहानकाे पानी गाउँमा पुगेको भन्दै स्थानीयहरु खुसि भएका हुन ।
खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय डडेल्धुरा र खानेपानी कार्यालय बझाङकाे सहयाेगमा निर्माण हुन लागेको खानेपानी ४ बर्ष पछि सफल हुँदै गाउँमा पुगेको स्थानीय बताउछन । ठाडेकाे हिमालकाे नजिकै पर्ने मुहानबाट ल्याएकाे पानी करिव १३ किलोमिटर टाढा बाट गाउँमा ल्याएकाे छ । अनुगमनकाे क्रममा घाेगाडा पुगेका खानेपानी कार्यालयका कर्मचारीलाई स्थानीयहरुले धन्यवाद दिनु भएको हाे । अनुगमन गर्न खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बझाङ प्रमुख भक्त बहादुर खड्का , खानेपानी तथा सरसफाइ डिभिजन डडेल्धुरा र बझाङका स्टाेर सँयाेजक प्रेम बहादुर सिँह,खानेपानी साईड प्रमुख धर्मराज उपाध्याय खानेपानी कार्यालयका सव-ईन्जिनियर हिक्मत सिँह सहित पत्रकारको टाेली पुगेको थियाे ।
अनुगमनकाे क्रममा खानेपानी सफल भएको र आगामी दिनमा अझै सुधार गर्न र यसलाई दिगाे चलाउन स्थानीयले भुमिका खेल्नुपर्ने प्रेम बहादुर सिँहले बताउनु भएको छ । खानेपानी गाउँमा पुगेको भन्दै स्थानीयले विभिन्न कार्यक्रम गर्नु भएको थियाे । खुसि हुँदै डेउडा सहित नाचगान गर्नु भएको हाे । अनाैपचारीक कार्यक्रम गर्दै घाेगाडा खानेपानी उपभोक्ता समिति अध्यक्ष कलक बाेहराकाे अध्यक्षतामा सुर्मा गाउँपालीका उपाध्यक्ष रमला कुमारी मण्डेल पुजारा प्रमुख अतिथि बिशिस्ट अतिथिमा वडा नम्बर २ का अध्यक्ष जीवन बाेहरा सहितकाे उपस्थिति रहेकाे थियाे । खानेपानी १२ किलोमिटर टाढा बाट निर्माण गर्दै गाउँमा पुगेको छ । करिव १५० परिवार खानेपानी पाउने भएका छन ।
प्रकाशित मिति: २०२३-०४-१८ , समय : २१:२१:०४ , २ वर्ष अगाडि