प्रकाश न्यौपाने , २७६ पटक हेरिएको
नवलपरासी , बैशाख ५
नेपाल शिक्षक संघ नवलपरासीले दोषीलाई कारवाहीको माग गर्दै इलाका प्रहरी कार्यालय बर्दघाटमा ज्ञापन पत्र बुझाएको छ ।
बर्दघाट २ मा रहेको दिव्यज्योति मा.वि.चैत्र २७ गते शैक्षिक सत्र २०७९ को नतिजा प्रकाशनका दिन बर्दघाट नगरपालिकाबाट मनोनित वि.व्य.स. सदस्य सुबोध जागृत बुढाथोकीले मनोनयन फिर्ता भईसकेको अवस्थामा पनि पुनः म नै अध्यक्ष हुं भनी दिनको करिब १२ बजेको समयमा शिक्षक स्टाफ कक्षमै अभद्र व्यवहार भएको संघले जनाएको छ । विद्यालयका प्रध्यानाध्यापक रमेश कुमार कुँवर माथि भएको अभद्र व्यवहारका विषयमा मुद्दा दर्ता भएको ६ दिन पुरा हुदा पनि प्रहरीले दोषीलाई पक्राउ नगरेका कारण शिक्षक संघले ज्ञापन पत्र बुझाएको शिक्षक संघ नवलपरासीका जिल्ला अध्यक्ष भोजराज चापागाईले बताउनु भयो । चापागाईका अनुसार –“मुद्धा दर्ता भएको छ दिनसम्म पनि दोषिलाइ पक्राउ गर्न नसक्नु विधिको शासन र कानुनी राज्यको उपहास भएको महसुस भएको छ ।”
गम्भीर प्रकृतिका घटनाहरुमा दोषी पक्राउ गरी कारवाही गर्न नसक्दा यस्ता घटनाहरु पटक पटक दोहोरिने साथै आपराधिक क्रियाकलाप बढ्न सक्नेप्रति सचेत गराउर्दै ज्ञापन पत्रमार्पmत दोषिलाई अविलम्ब पक्राउ गरी कानुनी दायरामा ल्याउन माग गर्दै ज्ञापन पत्र बुझाईएको चापागाईले बताउनु भयो ।
प्रकाशित मिति: २०२३-०४-१८ , समय : १७:१०:१२ , २ वर्ष अगाडि