लुम्बिनीका हाेटलहरुमा हुँदै आएको खुला याैन ब्यापारको स्थानीयद्वारा बिरोध

अन्जना चौहान , ६८६  पटक हेरिएको

लुम्बिनी , बैशाख ४

लुम्बिनी साँस्कृतिक नगरपालिका वाड न ७,८ अन्तर्गत लुम्बिनी गेट नं १२ शिवढिया चोक नजिकका स्थानहरुमा रहेकाे हाेटलहरुमा खुला रुपमा याैन ब्यापार भइरहेको स्थानीयहरुले बताएका छन्।

माैखिक रुपमा पटक पटक सम्झाउँदा झै झगडा गर्ने हातपात गर्ने ज्यान मार्ने धम्की समेत दिने गरेको स्थानीयहरु बताउँछन्।

‘हामी वडावासि धेरै पिडित छाै हामिले लिखित निवेदन गत चैत ३०गते लुम्बिनी साँस्कृतिक नगरपालिका ,लुम्बिनी विकास काेष,लुम्बिनी इलाका प्रहरी कार्यलयमा बुझाएका थियौ, तर कुनै पनि ठाउँबाट अनुसन्धान नभएको र साथै यस कार्यमा प्रहरीको नै मिलेमतो रहेको स्थानीयहरुले बताएका छ्न । हाेटलहरुमा खुला रुपमा याैन ब्यापार हुदा समाजमा नकारात्मक प्रभाव परेकोले त्यहाका स्थानीयहरु शान्तिपूर्ण रुपमा आज सोमबार लुम्बिनी साँस्कृतिक नगरपालिका घेराउ समेत गरेका छ्न । न्यु सैनामैना,धाैलागिरी आर्य ,साैम्या वर्ष बुद्ध रिभरसाइड पर्सा हाेटलहरुमा भइरहेकाे देह ब्यापार तथा अपराधिक अनैतिक कार्य तत्काल राेक्न भन्दै स्थानीयहरुले पालिका सामु अनुराेध समेत गरेका छन्।

लुम्बिनी साँस्कृतिक नगरप्रमुखले निवेदनकाे प्रक्रिया नमिलेको हुनाले एक हप्ता पछि काम अगाडि बढाउने बताउनु भएको छ यस कार्यलाई रोक्नका लागि २ सय भन्दा बढि स्थानीयहरुले मुचुल्का गरेका छन्।

प्रकाशित मिति: २०२३-०४-१७ , समय : १६:१३:३६ , २ वर्ष अगाडि