डाेल्मा चौधरी , २०१ पटक हेरिएको
नवलपरासी, बैशाख ४
आदिवासी जनजाति समुदायले आफुहरु अझै पनि आन्दोलनमै रहेको बताएका छन् । भाषा, कला, संस्कृति,पहिचान, संरक्षण प्रर्वधनका विषयमा आइतबार सामुदायिक रेडियो परासी ९०.२ मेगाहर्जले आयोजनामा गरेको अन्तरक्रिया कार्यक्रममा आदिवासी जनजाती समुदायले नयाँ संविधानले आफुहरुको अधिकार कटौती गरेको बताएका छन् ।
संविधानले आदिवासीका अधिकारको ग्यारेन्टि गर्लाभन्दा कटौती गरेकाले आफुहरुको आन्दोलन जारी रहेको आदिवासी जनजाती समन्वय परिषदका जिल्ला अध्यक्ष तारा रानाले बताउनुभयो । सत्ता संञ्चालकहरु जवाफदेही नहुँदा पहिचानै हराउने हो कि भन्ने चिन्ता बढेको बताउँदै रानाले स्थानिय सरकारको रुपमा रहेका स्थानिय तह आदिवासि जनजाति समुदायको कला संस्कृति संरक्षणमा गम्भिर नदेखिएको बताउनुभयो ।
समाजसेवी पुरन चौधरीले संविधानलाई आफुहरुले पुर्ण रुपमा स्वीकार नगरेको बताउनुभयो । हामिले स्वीकार गर्देनौ तर यहि संविधानको आडमा सरकारमा गएपछि फेरि नेताहरुले स्वीकार गरेको जस्तै भएको छ चौधरीले भन्नुभयो ।
अन्तरक्रिया कार्यक्रममा आदिवासी जनजातिहरुको कला,संस्कृति हराउदै गएको अवस्थामा कसरी संञ्चार माध्यमले भुमिका खेल्न सक्छन् भन्ने विषयमा छलफल भएको सामुदायिक रेडियो परासीका स्टेशन म्यानेजर बिकास अधिकारीले बताउनुभयो । जसमा आदिवासी जनजाती समुदायका अगुवाहरुले आफ्ना कला, संस्कृति ,पहिचानलाई उजागर गर्न रेडियोसंग सहकार्य गरेर जाने प्रतिवद्धता व्यक्त गरेका थिए ।
सामुदायिक रेडियो परासीका अध्यक्ष सुमन गोपाल आचार्यकाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमा रेडियो परासीका प्रवन्धक निर्देशक मेघराज गौतम, बर्दघाट नगरपालिका वडा नं.७ का वडा अध्यक्ष एवंम आदिवासी जनजातिका नगर अध्यक्ष ध्रुव थारु, आदिवासी जनजाति महासंघका वरिष्ठ उपाध्यक्ष गुलाब चौधरी, सचिव देवान गुरुङ्ग, सहसचिव जोगमाया चोधरी, थारु कल्याणकारिणी सभाका केन्द्रीय पार्षद नरेश चौधरी, थाकस केन्द्रीय पार्षद जितराय पंजियार, थाकस जिल्ला अध्यक्ष मुन्द्रिकाप्रसाद चौधरी, कुसवाडिया उत्थानका जिल्ला अध्यक्ष प्रमोद कुशवाडिया, नेवार समुदायको जिल्ला अध्यक्ष तिलकुमारी क्षेष्ठ,एकल महिलाका जिल्ला अध्यक्ष विष्णु थापा, रेडियो कार्यक्रम प्रस्तोता लगाएतले बोल्नुभएको थियो ।
कार्यक्रममा सामुदायिक रेडियो परासीबाट प्रशारण हुदै आइरहेको कार्यक्रमको बारेमा कार्यक्रम प्रस्तोता डोल्मा चौधरीले कार्यक्रमबारे जानकारी राख्नु भएको थियो ।
प्रकाशित मिति: २०२३-०४-१७ , समय : ०७:४०:२७ , २ वर्ष अगाडि