बैतडी जिप दुर्घटनामा ज्यान गुमाउनेलाई बुंगलका म्याक्स क्षेत्रीद्वारा आर्थिक सहयोग

उत्तमकुमार थापा , ३६९  पटक हेरिएको

बझाङ, बैशाख २

बैतडीको झुलाघाट बाट बझाङ तर्फ गइरहेको जिप दुर्घटनामा ज्यान गुमाउनेलाई बुंगलका म्याक्स क्षेत्रीले आर्थिक सहयोग गर्नुभएको छ । २०७९ साल चैत्र २८ गते दुर्घटना भएको सो जिपमा ६ जनाको घटनास्थलमै मृत्यु भएको थियो ।

क्रीया खर्च तथा अन्य खर्चको व्यवस्थापन होस् भन्ने उदेश्यले क्षेत्रीले शनिबार बीस हजार रुपैया आर्थिक सहयोग गर्नुभएको हो । नेपालको राजधानी काठमाडौमा रहेर व्यापार गर्दै आइरहनुभएका म्याक्स क्षेत्रीले आफू भौतिक रुपमा उपस्थित हुन नसकेपछी कामना टेलिभिजन मार्फत सहयोग गर्नुभएको थियो ।

क्षेत्री विभिन्न सामाजिक कार्यमा मात्र अग्रसर नभई युवा व्यवसायी पनि हुन् । पछिल्लो समय विभिन्न ठाउँमा क्षेत्रीले सहयोग गर्दै आउनु भएको छ । “बैतडी बझाङ जिप दुर्घटनामा बझाङको केदारस्यूँ ५ बाझका ६ जनाको घटनास्थल मै मृत्यु भयो । म उहाँहरुलाइ त केही गरेपनी फर्काउन सक्दैन, तर आर्थिक सहयोग गरेर घाउमा थोरै भएपनी मलम लगाउन मन लाग्यो” म्याक्स क्षेत्रीले हामी संग भन्नू भयो ।

उहाँले मृतक परिवार प्रती धैर्यधारण गर्ने शक्ति प्रदान होस् भन्ने कामना समेत गर्नुभएको थियो । काठमाडौ कर्मथलो बनाउनु भएका बझाङ बुंगल नगरपालिकाका म्याक्स क्षेत्रीले यस अघि पनि विभिन्न ठाउँमा थुप्रै सहयोग गर्दै आइरहनु भएको छ ।

प्रकाशित मिति: २०२३-०४-१५ , समय : २०:०४:०५ , २ वर्ष अगाडि