कृष्णनगरमा किसान सुचिकरण कार्यक्रम सम्बंधि तालिम सम्पन्न

अजय मिश्र , २०९  पटक हेरिएको

कृष्णनगर, चैत्र ३०

कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकाको आयोजनामा कृषि गणकका रुपमा छनोट भएका गणक लाई तीन दिने किसान सुचिकरण कार्यक्रम सम्बंधि तालिम कृष्णनग स्वास्थ्य चौकीको हालमा सम्पन्न भएको छ । किसान सुचिकरण कार्यक्रम सम्बंधि तालिम समापन कार्यक्रमको अध्यक्षता कृष्णनगर नगरपालिका कृषि शाखा प्रमुख सुदीप कुमार मौर्य, प्रमुख अतिथिमा कृष्णनगर नगरपालिका उप प्रमुख आरती देवी चौधरी, अतिथिमा समाजसेवी भरत किशोर चौधरी रहनुभयो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि चौधरीले सत्य डाटा संकलन हुने विश्वास व्यक्त गर्दै सिचाईको उपलब्धता नगरपालिकाले गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

किसान सुचिकरण कार्यक्रम सम्बंधि तीन दिने तालिममा किसान सूचीकरण व्यवस्थापन प्रणाली साफ्टवेयर संचालन तथा सो साफ्टवेयरमा डाटा इन्ट्री कसरी गर्ने बिषयमा कृषि गणक लाई दक्ष बनाउन कृषि ज्ञान केन्द्र कपिलवस्तुका अधिकृत जेदू राम घिमिरे सहजीकरणको भूमिका निर्वाह गरेका थिए ।

सुदिप मौर्यले कृषि गणक हरूलाई कृष्कको वास्तविक डाटा संकलन गर्न निर्देशन सहित वडा नं १,१०,११ मा जान लागेका गणक हरूलाई त्यहाका घरधनीले सत्य तथ्य डाटा साफ्टवेयरमा इन्ट्री गराउन समेत मिडियाको माध्यम द्वारा अनुरोध गर्दैतालिमको समापन गरेका थिए । कार्यक्रममा १४ जनाको सहभागिता रहेको थियो ।
कार्यक्रममा अन्य व्यवस्थापनको भूमिका कृष्णनगर नगरपालिका कृषि शाखाकी नायब प्राविधिक सहायक बसन्ता पौडेलको रहेको थियो।
कृषि ज्ञान केन्द्र कपिलवस्तुका कृषि अर्थविज्ञ शिव पुजन गुप्ताले कार्यक्रम संचालन गरेका थिए ।

प्रकाशित मिति: २०२३-०४-१४ , समय : ००:५७:१३ , २ वर्ष अगाडि