आजदेखि सिंहदरबारको फोहोर नउठाउने बालेन साहको घोषणा

रुपन्देही खबर , २३३  पटक हेरिएको

काठमाडौं , चैत २५

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले आजदेखि सिंहदरबारको फोहोर नउठाउने घोषणा गरेका छन् । शनिबार बिहान सामाजिक सजालमार्फत मेयर साहले सिंहदरबारको फोहोर नउठाउने घोषणा गरेका हुन् । उनले देश सफा गर्ने हो भने सिंहरबारका नेताहरुलाई सिस्डोलमा डम्प गर्नुपर्ने बताएका छन् ।

उनले भनेका छन्, ‘आजबाट सिंहदरबारको फोहोर उठ्दैन । साच्चिकै देश सफा गर्नु परे, त्यहाँका नेताहरुलाई सिस्डोलमा डम्प गर्नु पर्ने हुन्छ ।’

 

प्रकाशित मिति: २०२३-०४-०८ , समय : १२:०७:२७ , २ वर्ष अगाडि