सुरेश यादव , २९२ पटक हेरिएको
नवलपरासी, चैत २४
पश्चिम नवलपरासीकाे रामग्राम नगरपालिका वडा नं १४ अईचावलमा डिप ट्युबवेल बाेरिङ्गकाे शिलान्यास गरिएको छ । अईचावल डिप ट्युबवेल सिंचाइ जल उपभोक्ता समितिकाे आयाेजनामा शिलान्यास सम्पन्न भएको हाे ।
उर्जा जलश्राेत तथा सिंचाइ मन्त्रालय संघिय सरकारकाे जनश्रम दान सहित ३२ लाख लागतमा डिप बोरिङ्ग बन्न लागेको उपभोक्ता समिति अईचावलले जनाएको छ । अईचावल डिप ट्युबवेल सिंचाइ जल उपभोक्ता समितिका अध्यक्ष टेकबहादुर यादवकाे अध्यक्षता तथा जिल्ला समन्वय समिति पश्चिम नवलपरासीका प्रमुख भगवती प्रसाद यादव ( रुदल ) काे प्रमुख आतिथ्यता एवम् रामग्राम नगरपालिका वडा नं १४ का वडा अध्यक्ष ओमप्रकाश यादव,नगर कार्यपालिका सदस्य सिता मैया चाैधरीकाे विशिष्ट आतिथ्यतामा शिलान्यास कार्यक्रम भएकाे हाे ।
डिप बाेरिङ्गका लागि रामग्राम -१४ अईचावल निवासी साेहरत यादवले ३ धुर जग्गा समेत दान गरेकाे उपभोक्ता समितिका अध्यक्ष यादवले जानकारी दिनुभयाे । कार्यक्रममा नेकपा माओवादीका रामग्राम नगर अध्यक्ष देव नारायण पाण्डे,नेपाली काङ्ग्रेसका जिल्ला सदस्य शुव मुरत यादव,सामुदायिक रेडियो परासीका सुरेश यादव,वडा सदस्य परसुराम यादव लगायतले बाेल्नुभएको जल उपभोक्ता समितिका सचिव गाेबिन्द यादवले बताउनुभयो ।
प्रकाशित मिति: २०२३-०४-०७ , समय : २०:२५:१७ , २ वर्ष अगाडि