अर्घाखाँचीमा मदरसा दर्ता गराउन उपाध्यक्ष मशहूदद्वारा पहल

अजय मिश्र , ३५०  पटक हेरिएको

कपिलवस्तु, चैत्र २४

लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति उपाध्यक्ष मौलाना मशहूद खां नेपाली सहितको टोलीले अर्घाखाँची जिल्लामा रहेको मदरसाको अनुगमन गर्नु भएको छ। लुम्बिनी प्रदेशमा रहेको अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नं २ मा रहेको इस्लामीया अहले सुन्नत नूरी सन्धिखर्क नगरपालिका वडा नं ४ वाग्लामा रहेको मदरसा अहले सुन्नत अन्जुमनको अनुगमन गर्नु भएको हो ।
सो अनुगमनमा अकिल मियाँ, सुफी मियाँ, दिलदार हुसेन, अहमद मियाँ, अफजाल मियाँ, जमालदीन मियाँ, अनवर आली, मोदिम मियाँ, सलीम हुसेन, सफर अली मियाँ, सकर मियाँ, सामी मियाँ, टुकुरा मियाँले लगायत सरोकारवालाहरु संग भेटघाट गरि मदरसाको अवस्था बारे जानकारी लिएका थिए ।

मदरसाका अनुगमनका क्रममा दुई वटै मदरसाहरू सरकारी तवरले दर्ता नरहेको ठहर उपाध्यक्ष मौलाना मशहूद सहितको टोलीले जानकारी पाएको थियो ।मशहूद सहितको टोलीले दुई वटा मदरसा हरू दर्ता नरहेको पाए पछि सन्धिखर्क नगरपालिका नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठ तथा प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुषाल लगायत संग वृहत क्षलफल गरि सो मदरसा लाई तत्काल प्रक्रिया पुर्याई दर्ता गर्नु पर्ने आवश्यकता रहेको र मरसा दर्ता न हुदाँ राज्यबाट मदरसाले पाउने सेवा सुबिधा बाट समेत बंचित रहेको अवस्था हुन्छ तसर्थ तत्काल दर्ता गर्न आग्रह गरेको र नगर प्रमुखले मदरसा दर्ता गर्ने अस्वासन दिएकोउपाध्यक्ष मशहूद खांले जानकारी दिनु भयो ।

अर्घाखाँचीको मदरसा अनुगममा उपाध्यक्ष खां संगै राष्ट्रीय मदरसा संघ नेपालका अध्यक्ष डा .अब्दुल गनि अल्कूफी,राष्ट्रीय मदरसा संघ नेपालका सल्लाहकार मौलाना जहिर अहमद बरेलवी, अलताफ अहमद खां , अब्दुल समद खां नेपाली, असरफ खान लगायतको सहभागिता रहेकोे थियो ।

प्रकाशित मिति: २०२३-०४-०७ , समय : १३:५१:४२ , २ वर्ष अगाडि