रुपन्देही खबर , २६८ पटक हेरिएको
चितवन, चैत २०
राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेले चितवन-२ मा उम्मेदवारी दर्ता गरेका छन् । आगामी १० वैशाखमा हुन लागेको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि सोमबार लामिछानेले मनोनयन दर्ता गरेका हुन् ।
१० वैशाखमा चितवन-२, बारा-२ र तनहुँ-१ मा उपनिर्वाचन हुँदै छ । जसको सोमबार मनोनयनका लागि समय तोकिएको छ ।
प्रकाशित मिति: २०२३-०४-०३ , समय : १२:००:१८ , २ वर्ष अगाडि