भारतमा भएको सवारी दुर्घटनामा परी एक नेपालीको मृत्यु, एक जना घाइते

रुपन्देही खबर , ३२८७  पटक हेरिएको

भारत, चैत १९

भारतको सिद्धार्थनगर एनएच ७३० बढनी पचपेडवा सडकमा शनिबार भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन । दुर्घटनामा मायादेवी गाउपालिका वडा नम्बर ७ कपिलबस्तु बस्ने ६८ बर्षिय शत्रुधन मिश्राको उपचारको क्रममा मृत्यु भएको छ । भने कपिलबस्तुको सिसहनिया बस्ने ५३ बर्षिय नरबदेश्वर शुक्लाको उपचार भैरहेको रुपन्देही खबरका संवाददाता ज्ञानेश्वर उपाध्यायले जानकारी दिनु भएको छ ।

भारतको पचपेडवा देखि बढनी तर्फ जादै गरेको युपी ३२ डि एन ३८५७ नम्बरको डीसिएमले युपी ५५ इ ८६०७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा घाइते दुबै जनालाई भारत प्रहरीको सहयोगमा प्राथमिक स्वास्थ्य केन्द्र बढनी सिद्धार्थनगर लगिएकोमा मिश्राको उपचारको क्रममा मृत्यु भएको हो । भने शुक्लाको उपचार भैरहेको छ । ठक्कर दिने डीसिएम प्रहरीको नियन्त्रणमा रहेको छ । बढनी पचपेडवा सडकमा दुबै तर्फ ट्रक राखिएकोले यो दुर्घटना भएको त्यहाका स्थानियले बताएका छन भने त्यस ठाउमा ट्रक राख्नाले नै धेरै दुर्घटना हुदै आइरहेको छ ।

प्रकाशित मिति: २०२३-०४-०२ , समय : १०:१६:०६ , २ वर्ष अगाडि