रुपन्देहीमा साढे २ लाख भन्दा बढी मुल्य बराबरको अवैध ब्रोईलर कुखुरा बरामद

उर्मिला यादव यात्री , ३४३  पटक हेरिएको

भैरहवा, चैत १८

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले २ लाख ४५ हजार ९ सय २० रुपैया मुल्य बराबरको जिउदो बोईलर कुखुरा बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले तिलोत्तमा नगरपालिका वडा नं. १० कान्छीबजार स्थित भारतबाट नेपाल तर्फ भन्सार छली गरी जिल्ला रुपन्देही रोहिणी गाउँपालिका वडा नं. ४ बस्ने बर्ष ३८ को शर्वण हरिजनले चलाएको लु ५ प ४७५९ को मोटरसाईकल, वडा नं. ४ बस्ने बर्ष २२ को हृदेश हरिजनले चलाएको लु २९ प ८५६३ नम्बरको मोटरसाईकल र वडा नं. ६ बस्ने बर्ष २६ को निरज गुप्ताले चलाएको लु ५ प ७७९८ नम्बरको मोटरसाइकलमा ल्याउदै गरेको जिउदो बोइलर कुखुरा २०२ पिस बरामद गरेको छ ।

बरामद गरिएको बोइलर कुखुरा र मोटरसाईकल सहित २ लाख ४५ हजार ९ सय २० रुपैया मुल्य बराबरको बोईलर कुखुरा बरामद गरी बोइलर कुखुरा पशु क्वारेन्टाईन चेक पोष्ट बेलहिया तथा मोटरसाईकल भैरहवा भन्सार कार्यालय बेलहिया रुपन्देहीमा बुझाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक डीएसपी श्यामु अर्यालले बताउनु भएको छ ।

प्रकाशित मिति: २०२३-०४-०१ , समय : २३:२३:३२ , २ वर्ष अगाडि