आगामी चैत २२ गतेदेखि भैरहवामा नगरस्तरीय मेयरकप क्रिकेट प्रतियोगिता हुने

उर्मिला यादव यात्री , ५०२  पटक हेरिएको

भैरहवा , चैत १७

रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको आयोजनामा नगरस्तरीय मेयरकप क्रिकेट प्रतियोगिता हुने भएको छ । आगामी चैत २२ गते देखि चैत २५ गतेसम्म भैरहवाको सिद्धार्थ रंगशालामा प्रतियोगिता हुने भएको हो । बिगतको बर्षहरुमा कोभिडका कारण हुनु नसकेको क्रिकेट प्रतियोगितालाई निरन्तरता दिन तथा नगर स्तरमा क्रिकेटका खेलाडी उत्पादन गर्ने उदेश्यका साथ मेयर कप क्रिकेट प्रतियोगिता आयोजना गरिएको नगर प्रमुख ईस्तियाक अहमद खाँनले बताउनु भएको छ ।

यस्तै गरी सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नवराज पौडयालले क्रिकेट प्रतियोगिता टि ट्वाईन्टी फर्मेटमा खेलाईने र प्रतियोगितामा नगरका १३ वटै वडाका टिमहरुको सहभागिता रहने बताउनु भयो । प्रतियोगितामा सहभागी हुने खेलाडीहरु सम्बन्धित वडाको स्थायीबासी हुनुपर्ने उहाले बताउनु भयो । भैरहवामा रहेको सिद्धार्थ क्रिकेट रङ्गशालामा आयोजना हुने प्रतियोगिताको प्रथम हुनेले नगद ५१ हजार रुपैया मेडल, कप र प्रमाणपत्र, दोश्रो हुनेले २५ हजार पांच सय रुपैया र मेडल, कप, प्रमाणपत्र प्राप्त गर्ने पौडयालले जानकारी दिनु भयो ।

यस्तै प्रतियोगिताको म्यान अफ द सिरिजले ११ हजार नगद, ट्रफी र मेडल,उत्कृष्ट बलरलाई ५ हजार १ सय रुपैया नगद, ट्रफी र मेडल, र उत्कृष्ठ ब्याट्सम्यानले ५ हजार तथा प्रत्येक खेलमा एक जना म्यान अफ द म्याचलाई नगद १ हजार रुपैया र ट्रफी प्रदान गरिने उहाले बताउनु भयो । यस बाहेक प्रतियोगिताको आकर्षणको रुपमा ह्याट्रिक विकेट र छक्का हान्ने खेलाडीलाई पनि १ हजार १ सय रुपैयाले पुरस्कृत गरिने पौड्यालले बताउनु भयो ।


यस्तैगरी नगरपालिकाकी उपप्रमुख उमा अधिकारीले मेयरकप क्रिकेट प्रतियोगिता वडास्तरीय खेल भएकोले यसमा नया नया प्रतिभाहरु आउने बताउनु भएको छ । उहाले आगामी दिनमा महिला खेलाडीहरुलाई प्रोत्साहित गर्ने गरि बिद्यालय स्तरिय उप–मेयर कपको आयोजना गर्ने तयारी भईरहेको बताउनु भएको छ । यस्तै गरी वडा नम्बर ५ का वडाध्यक्ष पुरन प्रसाद श्रेष्ठले मेयरकप प्रतियोगिता युवाहरुको रुचिको बिषय भएकोले सिद्धार्थनगर नगरपालिका खेलकुदको बिकासका लागी सधै तत्पर रहेको बताउनु भएको छ ।

प्रकाशित मिति: २०२३-०३-३१ , समय : २२:२८:१८ , २ वर्ष अगाडि