सुरेश यादव , ३९८ पटक हेरिएको
नवलपरासी,चैत १६
नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिका–५ बेतहानीमा प्रहरी र स्थानीयवासीबीच झडप भएको छ । प्रहरीले एक जना युवकलाई अनुसन्धानका लागि नियन्त्रणमा लिन जाँदा स्थानीयवासीहरुले अवरोध गरेपछि झडप भएको हो ।
प्रहरीले झडप नियन्त्रणका लागि दुई राउण्ड अश्रु ग्यास समेत प्रहार गरेको इलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरीक्षक श्यामप्रसाद यादवले बताउनु भएको छ ।
उहाँका अनुसार युवकसँग भेटिएको १० लाख रुपैयाँ नगदको श्रोत खुलाउन माग गरिएको र अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय लैजान खोज्दा स्थानीयले अवरोध गरेका हुन् । आफ्नै पैसा बैंकमा जम्मा गर्न हिँडेका युवकलाई प्रहरीले बाटोमा रोकेर नियन्त्रणमा लिन खोजेको स्थानीयवासीको आरोप रहेको छ ।
प्रकाशित मिति: २०२३-०३-३० , समय : २१:४७:०८ , २ वर्ष अगाडि