शुक्रवारदेखि एसइइ परीक्षा शुरु हुँदै

डाेल्मा चौधरी , ३००  पटक हेरिएको

नवलपरासी , चैत १६

देशभर भोलि शुक्रवार देखि एसइइ परीक्षा शुरु हुँदैछ । नवलपरासीमा ११८ विद्यायलयमा एसईई परीक्षा हुन लागेको शिक्षा विकास तथा समन्वय इकाई नवलपरासीले जानकारी दिएको छ ।

इकाइका अनुसार यस बर्ष जिल्लामा जम्मा परिक्षार्थी ६ हजार ६२ जना सहभागि हुदैछन् । नियमित तर्फ परिक्षा दिने विद्यार्थी ५ हजार ५ सय ६६ जना रहेका छन्न् भने प्राविधिक धारतर्फका विद्यार्थी १ सय ९७ जना रहेका छन्न् । यस्तै ग्रेड बृद्धि तर्फ २ सय ९९ जना परिक्षार्थी रहेका छन्न् ।

यस्तै जिल्ला भर परिक्षामा सहभागीहुने छात्र हरुको संख्य २ हजार ९ सय ९६ जना र छात्रा तर्फ २ हजार ६६ जना रहेको बताइएको छ । जिल्लामा जम्मा २२ वटा परीक्षा केन्द्र रहेको शिक्षा विकास तथा समन्वय इकाईका परीक्षा शाखाका मनोज पौडेलले जानकारी दिनु भयो ।

प्रकाशित मिति: २०२३-०३-३० , समय : २१:३४:२७ , २ वर्ष अगाडि