बोक्सी कुप्रथा विरुद्धको सचेतना मुलक कार्यक्रम सम्पन्न

असलम खान , २२१  पटक हेरिएको

मर्चवार,चैत १२

रुपन्देहीको मर्चवारी गाउँपालिकामा बोक्सी कुप्रथा विरुद्धको सचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ । सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान नेपालको आयोजना तथा जिल्ला प्रहरी कार्यालय रुपन्देही र ईलाका प्रहरी कार्यालय मर्चवारको संयुक्त सहकार्यमा मर्चवारी गाउँपालिकाको वडा नम्बर २ अमवाको पब्लिक मिसन ईङ्गलिस बोर्डिङ स्कुलमा बोक्सी कुप्रथा विरुद्धको सचेतनामुलक कार्यक्रम संचालन गरिएको थियो ।

राष्ट्रिय जागरण प्रतिष्ठान नेपालका केन्द्रीय अध्यक्ष कोविन्द शरण उपाध्यायको अध्यक्षतामा संचालन गरिएको कार्यक्रममा उपाध्यायले बोक्सी कुप्रथा भनेको डाइनको प्रथा भन्ने बुझिन्छ । वोक्सी कुप्रथा अर्थात डाइन प्रथा समाजबाट उन्मुल गर्नका लागि यो अभियान सुरु गरिएको वताउनुभयो । समाजमा अहिले पनि बोक्सा र बोक्सी भनेर डायनको आरोपमा निर्दोष आमा बुवा भाउजुर दाई हरुलाई वोक्सा र डाइन भनेर कुटने, पिटने, मलमुत्र खुलाउने गाउँनिकाला गर्ने र त्यति मात्र नगरेर जिउदै जलाउने गरेको देखिन्छ । पहाडमा गाई, भैंसीले दुध नदिदाँ खेरी आफ्ना बच्चा विरामी पर्दा घरमा हिजो को आइथि भनेर संका गरेर एक माना चामल, दक्षिणा, लिएर धामीझाक्री कहाँ पुग्ने गरिन्छ । ठूला बडाका परिवारका कुनै पनि सदस्यलाई धामीले बोक्सी आरोप लगाउन सक्दैन् किनभने वलियाका परिवारलाई डाइन भनेर आरोप लगाउँदा ऊ सुरक्षित रहदैन् । वोक्सी वा डाइनको लाई भनिन्छ भन्दा जो गरीव, विपन्न, विधवा, घरविहिन, आफनो परिवारलाई संरक्षण गर्न सक्दैन्, जसको कोही छैन्, जसलाई गास, वास र कपासको अभाव छ, जसको पक्षमा कोही वोल्दैन् त्यसलाई मात्र झाक्रीले बोक्सी भनेर आरोप लगाउँछ । घरमा कोही विरामी पर्दा हामी अस्पताल जानुपर्दछ । विरामी हुनुका विभिन्न कारणहरु हुन्छन् । तर त्यस्तो रोगको उपचार गराउनु भन्दा निर्दोष व्यक्तिहरुलाई आरोप लगाइन्छ । यदि त्यो व्यक्ति साच्चिकै वोक्सी हो उसले ओम भनेर गर्न खोज्ने सबै काम हुन्छ भने त्यो कुनै पनि कुराले बाध्यता हुन्थेन् । ओम भन्ने वितिकै ऊ संत कपडा, गहना, रुपिया पैस आदि सबै हुन्थ्यो । त्यसैले त्यस्तो अन्धविश्वास माथि विश्वास नगरी सम्पूर्ण मानव समाजलाई मानताको रुपमा व्यवहार गर्न सम्पूर्ण अनुरोध गर्नु भएको थियो ।

कार्यक्रम मर्चवारी गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष शशिदयाल चौधरीको प्रमुख अतिथ्यतामा गरिएको थियो । कार्यक्रममा चौधरीले आफनो स्थानीय भाषामा बोल्दै परिवारको कुनै सदस्य विरामी पर्दा त्यसलाई उपचार गराउनुको सट्टा झारफुक गराउदै घरमै बस्ने चलन हाम्रो समाजमा रहेको बताउनुभयो । धेरै दिन सम्म औषधी उपचार नगराउँदा विरामीको मृत्यु समेत भएको देखिन्छ । अन्धविश्वासमा परेर कतिपय व्यक्तिहरु झाक्रीहरुको कुरामा लागेको देखिन्छ । यदि सचिक्कै बोक्सी जादुगर्नी भएको भए निर्वाचनको बेलामा धेरै मानिसहरु पर्चा दाखिला गर्न जाने गर्दछन सबै मानिसहरुलाई बोक्सीले जादु गरेर विरामी छारेर आफुमात्र जित्थ्यो भनी उदाहरण समेत दिनुभयो । त्यसैले यो कुरावाट पनि सावित हुन्छ कि बोक्सी भने कोही हुदैन् । यो हाम्रो समाजमा रहेको एउटा कुप्रथा हो । यस्तो प्रथाको अन्त्य गर्न सबै व्यक्तिले आफनो परिवारबाट यस्तो सोच हटाउन जरुरी रहेको बताउनुभयो ।

उक्त कार्यक्रममा ईलाका प्रहरी कार्यालय मर्चवारका प्रहरी निरिक्षक दिपेश खरेलको विशिष्ट आतिथ्यतामा कार्यक्रम गरिएको थियो । कार्यक्रममा भन्दै हाम्रो समाजमा विगतमा सतिप्रथा, छाउडी प्रथा जस्तै बोक्सी प्रथा भनेको पनि एक किसिमको कुप्रथा हो । सतिप्रथा, छाउडि प्रथाको अन्त्य भई सकेको र अहिलेको समयमा बोक्सी प्रथा रहेको देखिन्छ । यो बोक्सी प्रथा अन्त्यका लागि नेपाल सरकारले यो बोक्सी प्रथाको विरुद्ध २०७२ लाइ सकेको छ । यसमा बोक्सीको आरोप लगाउने देखि लिएर बोक्सीमा संलग्न व्यक्तिहरुलाई सजाय दिने व्यवस्था रहेको छ । यदि समाजका कुनै पनि व्यक्तिलाइै बोक्सी भनेर आरोप लगाएमा कम्तिम्मा ६ महिना देखि २ वर्ष सम्म सजाय छ भने बढीमा ५ वर्ष देखि ८ वर्ष सम्म कैद सजाय रहेको जानकारी दिनुभयो । कार्यक्रममा बोक्सी भनेर आरोप लगाउने व्यक्ति माथि जाहेर लिखित र मौखिक रुपमा गराएमा आरोप लगाउने व्यक्तिलाई कार्यवाही हुने बताउनुभयो । यस्तो आरोप लगाउने व्यक्ति आवेगमा आएर भनेको भनेर छुटकार पाउने होइन उसलाई कानुनको कठघरामा सजाय भोग्न पर्ने समेत जानकारी दिनुभयो । अरोप लगाएको दिन देखि कति म्याद भित्र मुद्दा दर्ता गराउन पर्नेछ त्यो समेत बताउनुभयो । कार्यक्रममा बोल्दै हामी प्रहरी भनेको आफ्नो बुबाले अपराध गरेमा उहाँलाई समेत नछोडे भन्दै सबै व्यक्ति वोक्सी भन्ने आरोप कसैलाई नलगाउन र कुनै किसिमको वोक्सी भनेर सजाय नदिन आग्रह गदै यदि कसैले यस्तो गरेको पाएमा उसलाई कानुन बमोजिम दण्ड सजाय भोग्नुपर्ने समेत बताउनुभयो ।

प्रकाशित मिति: २०२३-०३-२६ , समय : ०९:०३:४८ , २ वर्ष अगाडि