रुपन्देही खबर , ३११ पटक हेरिएको
भैरहवा, चैत ९
भैरहवा बहुमुखी क्याम्पस स्वबियु निर्वाचनमा अनेरास्ववियुका नेता सागर न्यौपानेको प्यानल बिजयी भएको छ ।
अनेरास्ववियु अध्यक्ष सागर न्यौपानेले ५ सय ५१ मत ल्याएर बिजयी भएका छन् भने उनका निकटतम प्रतिस्पर्धि अखिल क्रान्तिकारी र राप्रपा विद्यार्थी संगठन गठबन्धनका साझा उम्मेदवार मनिष ढकालले ३ सय ९८ मत प्राप्त गरे ।
त्यसैगरी सचीव पदमा अनेरास्ववियुका शनि कलवार ४ सय ५० मत प्राप्त गरी बिजयी भएका छन् भने उनका निकटतम प्रतिस्पर्धि क्रान्तिकारी र राप्रबि संघका सलमान खांले ३ सय ४० मत प्राप्त गरेका छन् ।
कोषाध्यक्षमा अनेरास्ववियुका मनोज पन्थले ५ सय ४५ मत प्राप्त गरी बिजयी भएका छन् भने उनका निकटतम प्रतिस्पर्धि गठबन्धनकै राम मिलन बरइले ३ सय ६४ मत प्राप्त गरेको भैरहवा बहुमुखी क्याम्पस स्ववियु निर्बाचन समितीका सदस्य सचिब पिताम्बर तिवारीले जानकारी दिनु भयो।
त्यसैगरी ८ सदस्य पदमा समेत अनेरास्ववियुकै बिजयी भएका छन । प्रेम शंकर यादव ५ सय ४९, स्वेता कुमारी हरिजन ५ सय ६३, सुमन कुमारी शुक्ला ५ सय १३, राजन शुक्ला ५ सय ३३, आशिस पन्त ५ सय ४२, शैलेश यादब ५ सय २८, मनोज कुमार यादब ५ सय ३१, मोहित चौधरी ५ सय २८ मत प्राप्त गरी बिजयी भएका छन् ।
३ हजार २ सय २९ मतदाता रहेकोमा जम्मा १५ सय ८२ मत खसेको थियो । संगठनले प्राप्त गरेको मतका आधारमा उपाध्यक्ष, सह सचिब र सदस्य पदमा समानुपातिकरुपमा चुनिनेछन ।
प्रकाशित मिति: २०२३-०३-२३ , समय : १८:३३:४९ , २ वर्ष अगाडि