ज्ञानेश्वर उपाध्याय , ८६६ पटक हेरिएको
मर्चवार, जेठ ४
रुपन्देहीको कोटहीमाई गाउँपालिकाको मतगणनाको अन्तिम नतिजा प्रकाशन गर्ने समयमा त्रुटी भएको भन्दै स्थित तनाव ग्रस्त भएको छ । मंगलबार देखी सुरु गरिएको मतगणनाको अन्तिम नतिजा प्रकाशन गर्दा त्रुटी भएको भन्दै जसपाको उम्मेदवार पक्षकाले बिरोध जनाउदा स्थित तनाव ग्रस्त हुदा मतगणना कार्य स्थगित गरिएको छ ।
वडा नं. ६ को मतगणनाको अन्तिम परिणामको अवस्थामा पुगेपछि जनता समाजवादी पार्टीबाट वडाअध्यक्ष पदमा उम्मेदवारी दिएका बिनोद यादवका प्रतिनिधिहरु असन्तुष्टी जनाउदै मतगणना स्थलबाट बाहिरिएका छन् ।
मंगलबार साँझ ४ बजेदेखि सुरु भएको मतगणना बिहान ४ बजे सम्म २ हजार ५ सय ६९ मतपत्र गणना गरिएको थियो । मतगणनामा धाँधलीपुर्ण भएको भन्दै कोटहीमाई ६ को अध्यक्ष पदको उम्मेदवार तथा प्रतिनिधिहरुले आरोप लगाएका छ्न ।
जनता समाजवादी पार्टीका प्रतिनिधि तथा मतगणनामा खटिएका कर्मचारीहरुको मत परिणाम बिवरणमा फरक परेको भन्दै जसपाको उम्मेदवार तथा प्रतिनिधिहरुले पुनः मतगणना हुनुपर्ने भन्दै माग गरिरहेका छ्न ।
यता लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार रामसमुझ त्रिपाठी र उहाका प्रतिनिधिहरुको अनुसार सबै बिबरण सहि रहेको साथै लोसपाको पक्षमा ५०३ तथा जसपाको पक्षमा ५०२ मत परेको मतपरिणामले लोसपाको उम्मेदवारको १ मतान्तरले बिजय भएको साथै जसपाका प्रतिनिधिहरुले ३/४ पटक मत परिणामको संख्या गणना गर्दा पनि त्यही नतिजा आएको हुदा हामी ५/६ घन्टा देखि नतिजाको लागि कुरेकै हो साथै अब पुनः सम्पुर्ण मतपत्र गणना नहुनु पर्ने भनी कुरा राखेका छ्न !
सोही बिवादको समाधानको लागि निर्वाचन अधिकृतको उपस्तिथिमा सर्बदलिय बैठक पनि सम्पन्न भएको छ तर नतिजाको टुङ्गो लागेको छैन । उक्त मतगणना स्थलमा, सशस्त्र प्रहरी, नेपाल प्रहरी, म्यादी प्रहरी, नेपाली सेना सुरक्षाको लागि खटिएका छन् ।
प्रकाशित मिति: २०२२-०५-१८ , समय : १६:४७:०३ , ३ वर्ष अगाडि