रुपन्देही खबर , २९१ पटक हेरिएको
नवलपरासी ,चैत ५
पश्चिम नवलपरासीको रामग्राम ४ जितपुरमा रहेको पाल्ही बहुमुखि क्याम्पसमा जनमत विद्यार्थि संघको पुरै प्यानल विजयी भएको छ । प्रत्यक्ष तर्फ जनमत विद्यार्थि संघले कब्जा जमाएको हो भने समानुपातिक तर्फ पनि धेरै मत ल्याउन सफल भएको छ । स्ववियु सभापतिमा जनमत विद्यार्थि संघका वृजनन्दन कुर्मि २८ मतअन्तरले विजयी हुनुभएको छ । कुर्मिले १ सय २८ मत ल्याउदा निकटतम प्रतिद्धन्दी अनेरास्ववियु सहितको संयुक्त प्यानलका कृष्ण पटेलले १ सय मत पाउनुभएको थियो । त्यस्तै नेविसंघका सुनिल कुमार गौडले अध्यक्षमा जम्मा ९८ मत पाउनुभएको छ ।
यसैगरी सचिवमा पनि जनमत विद्यार्थि संघका प्रेम सागर यादव १ सय ४५ मत ल्याएर विजयी हुनुभएको छ । सचिवमा नेविसंघका शिव प्रसाद हजामले ९६ र अनेरास्ववियुको संयुक्त प्यानलकि रामाकान्ती थारुले ७९ मत पाउनुभएको छ । कोषाध्यक्षमा जनमत विद्यार्थि संघका सितु कुमारी पटेल १ सय ३० मत ल्याएर विजयी हुदा नेविसंघका प्रतिमा यादव र संयुक्त प्यानलका प्रविन कुमार हरिजनले समान ९७ मत ल्याएर पराजित हुनुभएको छ ।
यसतै सदस्यहरुमा पनि जनमत विद्यार्थि संघका सबै विजयी भएका छन् । प्रत्यक्ष तर्फ सदस्यमा सामलाल लोनिया, अमित कुमार सहानी, सदानन्द कुमार नाउ, जवाहिर गुप्ता र शिवसागर गिरी विजयी भएका छन् । यसैगरी समानुपातिक प्रणाली अन्र्तगत जनमतले सबैभन्दा बढि १ सय ४७ मत पाएको छ । नेविसंघले १ सय २ मत पाउदा अनेरास्वीयु सहितको संयुक्त प्यानलले जम्मा ७९ मत प्राप्त गरेका छन् ।समानुपातिकको सात सदस्य मध्ये जनमतले ३, नेविसंघ र अनेरास्ववियु प्यानलले २÷२ सदस्य पाएका छन् । पाल्ही क्याम्पसमा कुल ३ सय २९ मत खसेको थियो । जसमध्ये ९४ छात्र र २ सय ३५ छात्रा रहेको निर्वाचन संयोजक सुर्यनाथ दास पटेलले जानकारी दिनुभयो ।
प्रकाशित मिति: २०२३-०३-२० , समय : ००:३५:२३ , २ वर्ष अगाडि